सुनचाँदीको मूल्य बढ्यो



काठमाडौँ।

नेपाली बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार दुई सय पुगेको छ । हिजो (बिहीबार ) प्रतितोला एक लाख चार हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला सात सयले बढेको हो ।

यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख चार हजार सात सय निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

हिजो तेजाबी सुन एक लाख चार हजारमा कारोबार भएको थियो। ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला २० रुपियाँले बढेर एक हजार तीन सय ७५ पुगेको महासङ्घले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्