ज्याकलिनद्वारा सुकेशले आफ्नो करियर बर्बा गरिदिएको बयान



बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज लामो समयदेखि दुई सय करोड भारुको मुद्रा अपचलन आरोपी भारतीय नागरिक सुकेश चन्द्रशेखरको मुद्दामा जोडिएकी छन् ।

कानुनी झमेलामा फसेपछि यही मामलालाई लिएर उनी बेला–बेला चर्चामा आइरहने गर्छिन् । यही मुद्दालाई लिएर ज्याकलिनले बुधबार दिल्लीस्थित पाटियाला हाउस कोर्टमा बयान दिएकी छन् । बयानको क्रममा उनले सुकेशले आफ्नो भावनामाथि खेलवाड गरेको तथा आफ्नो करिअर बर्बाद गरेको बताएकी छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनले बयान दिने क्रममा सुकेशले आफुलाई सन टेलिभिजनको मालिकको रूपमा आसाम् प्रस्तुत गरेको तथा तामुलनाडुको दिवंगत मुख्यमन्त्री जयललिता आफ्नो सास भएको बताएको बयान दिएकी छन् । सुकेशले आफू मेरो ठूलो फ्यान भएको बताएका थिए । साथै, मैले साउथ फिल्म खेल्नुपर्छ भनेका थिए । आफूसँग केही दक्षिण भारतीय फिल्मका प्रोजेक्ट भएको र सँगै काम गर्नुपर्छ भनेका थिए । उनले मलाई गुमराहमा गरे भने मेरो करिअर र जिन्दगी नै बर्बाद गरे ।

ज्याकलिनले आफूले सुकेशको असली नामसमेत थाहा नभएको बताएकी छन् । सुकेशसँग ज्याकलिनको सम्बन्ध रहेको प्रमाणित भएपछि उनलाई भारतीय प्रवर्तन निर्देशनालयले विदेश जानसमेत रोक लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्