नृत्य संघमा निर्विरोध कार्यसमिति चयन जनक अध्यक्ष, दीपेन्द्र महासचिव



नेपाल चलचित्र नृत्य संघको पाँचौं अधिवेशनले निर्विरोध कार्यसमिति चयन गरेको छ ।

बुधबार चाबहिल, सरस्वतीनगरस्थित चलचित्र विकास बोर्डको हलमा सम्पन्न अधिवेशनले जनक कार्कीको अध्यक्षतामा निर्विरोधरूपमा नयाँ कार्यसमिति चयन गरेको हो ।

अधिवेशनले संघको कार्यसमिति उपाध्यक्षमा गम्भीर विष्ट, सोम लामा र अजय स्याङ्तान तथा महासचिवमा दीपेन्द्र तिमल्सिनालाई निर्विरोध निर्वाचित गरको हो । त्यसैगरी, सचिवमा लीलाधर भट्टराई, सह(सचिवमा दीपक तामाङ, कोषाध्यक्षमा नारायण रिजाल र सह(कोषाध्यक्षमा नवराज रिजाल निर्वाचित भएका छन् । त्यस्तै, कार्यसमिति सदस्यमा देवराज सापकोटा, सुरेन्द्र बसेल, राम थापा, रमेश बुढाथोकी र काजिश श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

नवनिर्वाचित पदाधिकारीलाई अधिवत्ता ताराकुमार श्रेष्ठ फिल्मकर्मी मोहन निरौला र नृत्य निर्देशक राजु शाहको निर्वाचन मण्डलले प्रमाणपत्र प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्