सैनिक ब्यारेकमा आगो लाग्दा १५ जनाको जलेर मृत्यु



एजेन्सी । 

आर्मेनियाको सैनिक ब्यारेकमा आगजनी हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

आगजनीमा केही घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । देशको पूर्वी गेघरकुनिक क्षेत्रको एक गाउँमा आगलागी भएको हो । आगजानीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। ।

प्रतिक्रिया दिनुहोस्