रोनाल्डो र मेसीबीच खेल हुने



लन्डन । क्रिस्टियानो रोनाल्डो बिहीबार साउदी अरबको मैदानमा पहिलोपटक फुटबल खेल्दै छन् । रोनाल्डोको क्लब अल नासरले लियोनेल मेसीको क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्ध खेल्ने बताइयो । यो मैत्री खेलका लागि रोनाल्डोलाई कप्तान पनि बनाएको छ ।

रियाद जनरल एंटरटेनमेंट अथोरिटीका प्रमुख अल शेखले सोसल मिडियामार्फत् रोनाल्डोलाई कप्तानको आर्मब्यान्ड लगाइदिएर भिडियो सेयर गरेका हुन् । यो खेलको लागि अल नासर हिलालको संयुक्त ११ हुनेछ । दुवै क्लबका खेलाडी मिलाएर मेसीको क्लबलाई हराउने अपेक्षा पनि गरिएको छ ।

रियादमा हुने यो भिडन्तमा रोनाल्डो र मेसी एक–अर्कासँग भेट गर्नेछन् । यसअघि, यी दुवै सुपरस्टार खेलाडीले एक अर्कोविरुद्ध २०२० मा खेलेका थिए । रियाद सीजन कपको गोल्डन टिकट के लिए बोली करीब ४.४ करोड़ रुपियाँबाट शुरु भएको थियो । जुन हिजै सकिएको थियो ।

साउदीको एक रियल एस्टेट समूहका महासचिव अहिलेसम्म बोली लगाउनेमा शीर्ष स्थानमा छन् । उनले २२ करोड रुपियाँको बोली लगाएका हुन् । जसले पनि गोल्डेन टिकट जित्नेछन्, उनलाई उद्घाटन समारोहमा सामेल गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्