ऐश्वर्या करको लफडामा



बलिउडको सुन्दर अभिनेत्री ऐश्वर्या राय बच्चन एउटा जटिल समस्यामा फसेकी छन् । ऐश्वर्या नासिकमा रहेको आप्mनो जमिनको करका कारण समस्यामा परेकी हुन् । भारतीय सञ्चार माध्यमले जनाएअनुसार उनको जमिनको अयोग्य करका लागि त्यहाँको तसलीदारले ऐश्वर्याविरुद्ध नोटिस जारी गरेपछि उनी समस्यामा परेकी हुन् । ऐश्वर्याले अहिलेसम्म कर तिरेकी छैनन् ।

समाचारमा जनाइएअनुसार नासिकको सिन्नरस्थित अडवाडी इलाकामा पवन चक्कीका लागि लिएको ऐश्वर्याको जमिन छ । उक्त जमिनको एक वर्षको २१ हजार ९ सय ६० रुपियाँ कर बाँकी छ ।

नोटिसमा ऐश्वर्यालाई आगामी मार्च महिनासम्म सो कर चुक्ता गर्न भनिएको छ । ऐश्वर्याले भने यति थोरै बाँकी करका बारेमा हालसम्म कुनै प्रतिक्रिया जनाएकी छैनन् । समाचारमा जनाइएअनुसार ऐश्वर्याले पवन ऊर्जा उत्पादन गर्ने कम्पनी सुजलानमा लगानी गरेकी छन् । ऐश्वर्याका अलावा थुप्रै चर्चित हस्तीले सो कम्पनीमा लगानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्