साहसी महिलाको देउराली डाँडी



वान वल्र्ड थिएटरले एक्टर्स स्टुडियोको सहकार्यमा राजधानीको स्टुडियो थिएटरमा गत २९ गतेबाट देउराली डाँडी नामक नाटक मञ्चन शुरु गरेको छ ।

अध्ययनको सिलसिलामा नेपालमा रहँदै आएकी रोज स्किवेजद्वारा निर्देशित र सहलेशद्वारा लिखित नाटकमा दिया मास्के, पशुपति राई, मेनुका प्रधान, सरस्वती चौधरी, रञ्जना भट्टराई र बिनिता थापा मगरले अभिनय प्रस्तुत गरिरहेका छन् ।

एक घण्टा ४० मिनेट लामो नाटकले देउराली गाउँमा महामारी फैलिएपछि सबै पुरुष पलायन भएपश्चात् बाँकी रहेका महिलाले उजाड गाउँमा गरेको संघर्षको शक्तिशाली कथा प्रस्तुत गरिएको छ ।

त्यहाँका गाउँले महिलाले आफ्नो परम्परागत जीवनशैलीमा नै साहसपूर्वक बाँच्नका लागि गरेको प्रयत्नलाई नाटकमा निकै मन छुने ढंगले प्रस्तुत गरिएको छ । संघर्षको क्रममा घाटु नाचको रोचकता र कलात्मक शैलीले दर्शकलाई थप प्रभाव पार्दछ ।

प्रतिक्रिया दिनुहोस्