मिस एन्ड मिसेस ब्युटिफुल छानिने



आठ वर्षदेखि लगातार आयोजना हुँदै आएको मिस एन्ड मिसेस ब्युटिफुल नेपाल २०२३ को छनोट प्रक्रियाको लागि पहिलो अडिसन माघ १४ गते नया बानेश्वरस्थित होटेल रानी महलमा हुने भएको छ। दक्ष इन्टरनेसनल प्रालिले आयोजना गर्ने मिस एन्ड मिसेस ब्युटिफुलको लागि पहिलो अडिसन हुन लागेको हो।

छनोट प्रक्रियामा विवाहित तथा अविवाहित प्रतिस्पर्धी छनोट गरिने आयोजक संस्थाका अध्यक्ष टेकराज पाण्डेले जानकारी गराएका छन्। प्रतियोगिताको विजेताले राष्टिझय तथा अन्तर्राष्टिझय स्तरको प्रतियोगितामा भाग लिने अवसरका साथ फिल्म म्युजिक भिडियोमा काम गर्ने अवसर प्राप्त गर्ने मेक अप आर्टिस्टसमेत रहेका आयोजक पाण्डेले जानकारी गराए।

प्रतियोगिताको अन्तिम स्पर्धाका लागि छनोट हुने प्रतियोगीले २५ दिनको विशेष प्रशिक्षणमा सरिक हुने मौका पाउनेछन्। नेपालका ख्यातिप्राप्त कोरियोग्राफर र टेनरले प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि, मोटिभेसन क्लास तथा व्यक्तित्व विकाससम्बन्धी विषयमा प्रशिक्षण दिनेछन्। प्रशिक्षणको क्रममा प्रतिस्पर्धीलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप, फेसन क्लासजस्ता गतिविधिमा समेत सहभागी गराइने आयोजकले जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्