बैंकिङ काउन्टर दिउसो १ :३० बजेसम्म खुल्ने



काठमाडौं । 

पोखरामा भएको विमान दुर्घटनापछि सरकारले सोमबार सार्वजनिक बिदा दिएपनि बैंकिङ काउन्टर केही समय खुल्ने भएको छ। सोमबार बिदा रहेता पनि नगद कारोबार, चेक क्लियरिङ, आरटिजिएसलगायतका अत्यावश्यक सेवा खुला हुने केन्द्रीय बैंकले जनाएको छ ।

यसैगरी बिहान १० बजेदेखि १ः३० सम्म इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुले आवश्यक विभाग तथा कार्यालय खुला राखी सेवा सुचारु गर्न पाउने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्