कविता : बिन्ती छ हजुर !



बिन्ती छ हजुर !
बिन्ती छ हजुर !
नभनिदिनुस् हामीलाई लाटा
सुन्नबाहेक गर्न सक्छौैँ सबै,
कसरी भयौँ हामी लाटा ?
बरु हामीलाई भनिदिनुस् बहिरो
हाम्रो भाग्य यस्तै हो कि !
आमा–बुबाको गल्ती
बुझ्न हामी सकेनौँ हजुर
कसरी भयौँ बहिरो ?
आमा रागी भइन् कि हामी रोगी भयौँ ?
दुर्घटनामा प¥यौँ कि उपचार राम्रो पाएनौँ कि
थाहा छैन हामीलाई, कसरी भयौँ बहिरो ?
बिन्ती छ हजुर ! हामीलाई नभनिदिनुस् लाटा
आजभोलि जताततै दुर्घटनामात्र हुन्छ ।
यो घटनाले खै कुन्नि, क–कसलाई के हुन्छ ?
त्यसैले त हामीजस्ता अपाङ्गलाई नगर्नुस् है हेला
कुनै बेला दीन–दयाको पर्न सक्छ फेला
अरुसरह पढ्न–लेख्न हामी पनि सक्छौँ
अवसर त दिइहेर्नुस् हजुर !
– रिता जैसी
कक्षा–५, बहिरा बालविद्यालय ।

प्रतिक्रिया दिनुहोस्