त्रिवि शिक्षण अस्पतालमा नवौं कलेजो प्रत्यारोपण



काठमाडौँ।

त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगन्जमा नवौं कलेजो सफलतापूर्वक प्रत्यारोपण गरिएको छ। प्रा.डा. रमेश सिंह भण्डारीको नेतृत्वको टिमले ९ महिनादेखि रोकिएको कलेजो प्रत्यारोपण शुक्रबार सफलतापूर्वक प्रत्यारोपण गरेको जनाएको छ ।

कलेजो प्रत्यारोपण नेपालमा कठीन हुँदा विदेशमा निर्भरहुनुपर्ने र महँगो शुल्क लाग्ने गरेको थियो । नेपालमै कलेजो प्रत्यरोपण शुरु भएपछि त्रिवि शिक्षण अस्पतालले काठमाडौँ उपत्यका बाहिरका ५२ वर्षीय पुरूष बिरामीलाई उहाँका १९ वर्षीय छोराले कलेजो दान गरेको डा भण्डारीले जानकारी दिनुभयो ।

कलेजो प्रत्यारोपणमा नवौं पटक सफता मिलेको र बिरामीको स्वास्थ्य अवस्था सामान्य रहेको डा.भण्डारी बताउँनु भयो ।

यस अघि त्रिवि शिक्षण अस्पतालमा पहिलो पटक २०७६ जेठ १८ गते डा भण्डारीकै नेतृत्वमा कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको थियो । डा.भण्डारीको समूहले त्रिवि शिक्षण अस्पतालमा अर्थात नेपालमै पहिलोपटक २०७७ साल चैत्रमा ११ महिनाको बालकमा पनि सफलतापूर्वक कलेजो प्रत्यारोपण गरेको थियो ।

शहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रले नेपालमै पहिलो पटक शुरु गरी ९ जनाको कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरिसकेको र ३ जनाको प्रत्यारोपणका लागि तयारी भैरहेको अस्पतालले जनाएकोछ । नेपालमा हालसम्म जम्मा १८ जनाको कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न हुनुले नेपालीहरुका लागि सकारात्मक सन्देश दिएकोछ ।

प्रतिक्रिया दिनुहोस्