ज्वेलरी फेशन शो गर्न मलाइका अरोरा काठमाडौंमा



काठमाडौं ।

बलिउड अभिनेत्री मलाइका अरोरा काठमाडौं आएकी पुगेकी छन् । नेपाल रत्न तथा आभुषण संघले दरबारमार्गस्थित होटल याक एण्ड यतिमा आयोजना गर्ने ‘चौथो जेम एण्ड ज्वेलरी एक्स्पो’ को पूर्व सन्ध्यामा अभिनेत्री अरोरा सोही होटलमा आयोजना हुने फेसन शोमा प्रस्तुत हुन लागि नेपाल आएकी हुन् ।

उक्त एक्स्पो यही पुस २९ गते शुक्रवारदेखि माघ १ गते आइतबारसम्म सञ्चालन हुनेछ भन् एक्स्पोको आज विहिबार साँझ आयोजना हुने ज्वेलरी फेशन शोमा अभिनेत्री अरोराले क्याटवाक गर्न लागेकी हुन् ।

ज्वेलरी फेशन शोमा अभिनेत्री अरोराले नेपाली पोशाक तथा गरगहना लगाएर क्याटवाक गर्नेछिन् । होटल याक एण्ड यतिमा साँझ ६ बजे प्रारम्भ हुने फेसन शोमा अरोरा प्रस्तुत हुन लागेकी हुन् ।

मंगलवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा संघकी अध्यक्ष ज्योत्सना श्रेष्ठले टकिङ्ग नेपलिज ज्वेलरी ग्लोबली भन्ने मुख्य लक्ष्यका साथ महोत्सवमा आयोजना गर्न लागिएको बताइन् । नेपालको गरगहना विदेशमा निर्यात गरी नेपाली अर्थतन्त्रमा सघाउ पुर्याउन एक्सपोको आयोजना गर्न लागेको जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्