गोल्डेन ग्लोब अवार्डमा फाबेलम्यान्स र द ब्यान्सिज अफ इनिसिरिन सर्वोत्कृष्ट



ओस्कार एकेडेमी अवार्डपछि विश्व प्रतिष्ठित मानिएको गोल्डेन ग्लोब अवार्डको ८०औं संस्करण बुधबार सम्पन्न भएको छ।
अमेरिकाको क्यालिफोर्नियास्थित बेभरली हिल्टन हलमा आयोजित समारोहमा फिल्म तथा टेलिभिजनअन्तर्गत विभिन्न विधामा आवर्ड प्रदान गरिएको छ।

एजेन्सीले जनाएअनुसार सामारोहमा सर्वोत्कृष्ट फिल्मको अवार्ड फाबेलम्यान्स र द ब्यान्सिज अफ इनिसिरिनले चुम्यो भने द फाबेलम्यान्सबाट स्टिभन स्पिलवर्गले निर्देशक र द ब्यान्सिज अफ इनिसिरिनबाट मार्टिनले पटकथाको अवार्ड चुमे। फिल्म एल्विसबाट अस्टिन बटलरले अभिनेता, टारबाट केट ब्ल्यान्चेटले अभिनेत्री, एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्सबाट के हुआ क्वानले सह अभिनेता र ब्ल्याक प्यान्थर: वाकान्डा फरेभरबाट एन्जेला बासेटले सह अभिनेत्रीको आवर्ड चुमे।

त्यस्तै, दक्षिण भारतीय फिल्म आरआरआरको नाटु नाटु बोलको गीतले मौलिक गीतको अवार्ड चुम्दा ओरिजनल स्कोरको अवार्ड जस्टिन हारविजको बेबिलोनले चुम्यो। म्युजिकल वा कमेडी विधातर्फ एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्सबाट मिसेलसेल योहले अभिनेत्री र द ब्यान्सिज अफ इनिसिरिनबाट कोलिन फारेलले अभिनेताको अवार्ड चुमे।

टेलिभिजन सिरिज तर्फभने एबीसी सर्वोत्कृष्ट ठहरियो भने एल्लो हाउसबाट केभिन कस्टनरले अभिनेता र युफोरियाबाट जेन्डायालले अभिनेत्रीको अवार्ड चुम्न सफल भए। टेलिभिजन ड्रमा अन्र्तगत हाउस अफ ड्रागन उत्कृष्ट बन्दा अब्बोट इलिमेन्टझी म्युजिकल कमेडी टेलिभिजन सिरिजअन्तर्गत उत्कृष्ट ठहरियो। यसैबाट क्विन्टा ब्रन्सनले अभिनेत्री र टेलर जेम्स विलियम्सले सह–अभिनेता, द बियरबाट जेरमी अलेन ह्वाइटले अभिनेता तथा ओजार्कबाट जुलिया गार्नरले सह अभिनेत्रीको अवार्ड चुमिन्।

लिमिटेड सिरिज र एन्थोलोजी सिरिजअन्तर्गत भने द ह्वाइट लोटस सर्वोत्कृष्ट बन्दा यसैबाट जेनिफर कुलिजले सहअभिनेत्री, मनस्टरः द जेफ्री डामर स्टोरीबाट इभान पिटरले अभिनेता, द ड्रपआउटबाट आमन्डा सेफ्राइडले अभिनेत्री र ब्ल्याकबर्डबाट पाउल वाल्टर हाउजरले सह–अभिनेताको अवार्ड चुमे। एनिमेटेड फिल्मको अवार्ड गुइलेर्मो डेल टाकोरो पिनोचियोले चुम्यो भने गैरअंग्रेजी भाषाको फिल्मको अवार्ड अर्जेन्टिनी फिल्म अर्जेन्टिना १९८५ ले चुम्यो।

 

 

प्रतिक्रिया दिनुहोस्