बिरामीप्रति समर्पित काठमाडौं मेडिकल कलेजको आकर्षक प्रतिफल



मानवीय सेवाका लागि शिक्षा भन्ने मूल नाराका साथ स्थापना भएको काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडले हालै १३औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कोभिड १९ को महामारीको प्रभाव कायम रहेका कारण नेपाल सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै भिडियो कन्फरेन्समार्फत साधारणसभा सम्पन्न गरिएको थियो ।

अस्पतालका निर्देशक प्रा.डा सुमनकुमार श्रेष्ठले जानकारी गराएअनुसार सन् १९९७ मा एकसय जनालाई एमबीबीएस अध्ययन–अध्यापन शुरू गरी हाल बीएससी नर्सिङ र डेन्टल पनि थपिएको छ । अस्पताल काठमाडौंको सिनामंगल र पठन–पाठन भक्तपुरको दुवाकोटमा हुने र दुवै स्थानमा सहज आवागमन भएका कारण विद्यार्थी तथा सेवाग्राहीहरूले अत्यन्तै सहज पहुँचको अनुभूति गरेको पाइन्छ । देशभित्र मात्र होइन, विदेशबाट समेत सेवा लिन आउँनेहरूका लागि अस्पताल र कलेज सहज पहुँचमा छ । पार्किङलगायतको सुविधा पनि राम्रो छ ।

पत्थरी, क्यान्सर, आन्द्रा, कलेजो, प्यानक्रियाजलगायतको शल्यक्रिया सहुलियत दरमा गरिने भएका कारण यसको लोकप्रियता पनि सर्वत्र विस्तार भएको छ । नेपालमै कलेजो प्रत्यारोपण सेवा शहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रले शुरू गरेसँगै केही अस्पतालले शुरू गरेका छन् । केएमसीले पनि कलेजो प्रत्यारोपण, मिर्गौला प्रत्यारोपणजस्ता सेवा सञ्चालनमा ल्याउने योजना बनाएको छ ।

अर्थोपेडिक, हड्डी प्रत्यारोपण, ट्युमर, ट्रमालगायतका शल्यक्रिया यहाँ गरिन्छ । गाइनोमा ल्याप्रोस्कोपिक, पाठेघरको सर्जरी, बच्चाको सीएस गर्ने सर्जरीको सेवा यहाँ उपलव्ध छ । आमा सुरक्षा कार्यक्रम पनि चालु छ । बाल स्वास्थ्यको स्पेसल एनआईसीयू मात्र ४० थान छ । केएमसीमा कुल आईसीयू एक सय ६० थान छ । मोनिटर, भेन्टिलेटर पनि पर्याप्त छ ।
मेडिसिन विभागमा इन्टरनल मेडिसिन विभाग छ ।

पल्मो, इन्डोक्राइम विभाग, अप्थामलोलोजी विभाग, इएनटी विभाग, डर्माटोलोजी विभाग, मनोचिकित्सा विभाग, एनेस्थेसिया विभाग, रेडियोलोजी विभाग, सिटीस्क्यान, अल्ट्रासाउन्ड विभाग, एमआरआई पनि छिटै शुरू हुने निर्देशक श्रेष्ठले जानकारी गराउनुभएको छ । ‘नेफ्रोलोजी, क्यान्सर केयर सेन्टर काठमाडौं क्यान्सर केयर भक्तपुरसँगको सहकार्यमा ओपीडी शुरू गरेका छौं । न्यूरो सर्जरी पहिलादेखि नै राम्रो छ, रोबोटले समस्या कहाँ छ भनेर पत्ता लगाउँछ, प्लास्टिक सर्जरी पनि छ । बच्चाको सर्जरी एमसीएच डिग्री होल्डर चिकित्सक हुनुहुन्छ’, निर्देशक श्रेष्ठका अनुसार क्याथल्याब पनि शुरू हुँदैछ, ¥याडिकल सर्जरी पनि हुन्छ ।

नयाँ प्रविधिका माध्यमबाट यी सबै उपचार गरिन्छ । एमसीएचको जनशक्ति बढाउने लक्ष्य लिएर अघि बढेको पनि उहाँको भनाइ छ । ‘२४सै घण्टा पुस्तकालय खुल्ला गरेका छौं । फिजियोथेरापी, पोस्टमार्टम विभाग, क्रिटिकल केयर विभाग, दन्तसम्बन्धी कलेजहरू छन् । हाम्रो लक्ष्य र योजना, नयाँ–नयाँ प्रविधि र दक्ष जनशक्तिका माध्यमबाट नमुना अस्पतालका रूपमा केएमसीलाई अघि बढाउने रहेको छ’, प्राडा श्रेष्ठ जानकारी गराउनुहुन्छ ।

नेपाललाई मेडिकल टुरिजम हब बनाउने अर्को योजना रहेको पनि प्राडा श्रेष्ठले बताउनुभयो । विदेशबाट नेपालमा उपचारका लागि बिरामी ल्याउने र उत्कृष्ठ अस्पतालको पहिचान दिने योजनाका साथ काम गरिरहेको र कम्तीमा नेपालीहरूले महँगो शुल्क तिरेर उपचारका लागि विदेशिनु नपरोस् भन्ने लक्ष्यका साथ काम भएको उहाँले प्रष्ट पार्नुभयो ।

केएमसीले स्वास्थ्य उपकरण महँगो मूल्य तिरेर ल्याउनुपर्ने भएकाले चाहेर पनि उपचार शुल्क घटाउन नसक्नुलाई मानेको छ । मेडिकल कलेज सरकारी अस्पतालभन्दा महँगो तर प्राइभेट अस्पतालभन्दा सस्तो हुन्छ । शुल्क बढाउँदा बिरामीलाई मार पर्छ घटाउँदा अस्पतालले वहन गर्न सक्तैन । ‘हाम्रो देश नै गरिब छ र नागरिक पनि गरिब छन् । शल्यक्रिया महँगो पर्छ । सरकारी अस्पतालले निःशुल्क गर्न सक्छ तर शिक्षण अस्पतालले सक्दैन ।

यो पनि शिक्षण अस्पतालको चुनौतीको विषय हो’ प्राडा श्रेष्ठले प्रष्ट पार्नुभयो– डा.गोविन्द केसीले उठान गरेका विषय शिक्षण अस्पतालका लागि तत्काल व्यावहारिक छैन । डा. केसीले उठान गरेको विषयमा सरकारले सम्झौता मात्र गरेर हुन्न, कि त सरकारले शुल्क दिनुप¥यो, होइन भने तिर्न सक्नेबाट शुल्क लिएर तिर्न नसक्नेलाई छात्रवृत्ति दिने बाटो खुल्ला गरिनुपर्छ । भारतमा तिनै विद्यार्थीले एकदेखि डेढ करोड रुपियाँ तिर्छन् भने नेपालमा ४० लाखमा पढाऊ भनेर सरकार दबाब दिन्छ, यो सम्भवै छैन । नेपाल र भारतमा के फरक छ ? विदेशमा तिर्छ भने नेपालमै किन नपढाउने ? विदेशिने विद्यार्थीले ठूलो रकम विदेश लान्छन्, त्यो रकम नेपालमै रोक्नुपर्छ ।

प्रा.डा श्रेष्ठका अनुसार पहिला–पहिला नर्स, एचए पढेकाले डाक्टरी पढ्न पाउथे र देशमै बस्थे । उनीहरूमा देशको माया बढ्थ्यो । अहिले हामी प्राइभेटमा पढाएर बेलायत अमेरिकाका लागि जनशक्ति उत्पादन गर्दैछौं । त्यसैले नर्सिङ, एचएलाई डाक्टर पढायो भने उनीहरू शुरूदेखि नै बिरामीसँग भिजेका हुन्छन् र अझ क्षमतावान हुनेथिए ।

नेपालमा राम्रो तलब दिन नसकेकै कारण क्षमतावान नर्स पाउँ नै गाह्रो भइसक्यो । नेपालमा भएका कलेज बन्द गर्दैजाने होइन, कलेज बढाउँदै लानुपर्छ । दक्ष जनशक्तिका रूपमा रहेका नेपाली थप अध्ययनका लागि भारत जान बाध्य छन् । भर्खरै मात्र २५ जनाको लागि लिइएको अन्तर्वार्तामा २२ जना नर्स भारतमा पढेर आएका थिए, तीन जना मात्र नेपालमा पढेका थिए । नेपालले किन सिट नबढाउने ? अब बेलायतले १० हजार नर्स नेपालबाट लाँदैछ । नेपालमा कतिपय देशबाट अध्ययन गर्ने मेडिकल जनशक्ति प्रयोगात्मक अभ्यास नै नगरेका पनि छन्, त्यसैले लाइसेन्स परीक्षामा नै अनुत्तीर्णको संख्या बढी छ ।

सेवाग्राहीहरूले केएमसी नै रोज्नुको प्रमुख कारण २४सै घण्टा समान स्तरको सेवा हो । आकस्मिक सेवा कहिल्यै रोकिँदैन, आकस्मिक सेवामै विशेषज्ञ चिकित्सक पाउने, सेन्टरमा अस्पताल हुनु, पार्किङको राम्रो व्यवस्था हुनु, समयमा चिकित्सक स्वास्थ्यकर्मी र सेवा पाउने भएका कारण सबैको रोजाइमा छ केएमसी । यहाँ एक हजार दुई सयभन्दा बढी जनशक्ति छ । अहिलेको अवस्थामा विद्यार्थी र बिरामीबाट आउने शुल्कले धान्नै मुस्किल हुने अवस्था छ । मासिक आमदानी ८ करोड छ, मासिक खर्च ९ करोड छ । एक करोड पूर्ति गर्न दिनको ३० लाखको कारोबार गर्नुपर्छ । यो केएमसीको ठूलो चुनौतीको विषय हो ।

‘हाम्रो लगनशीलता र सुझबुझको पनि सायद यो परीक्षाको वर्ष रहेको हामी सबैलाई महसुस भएको छ । यस वर्ष विभिन्न नियमनकारी निकायहरूद्वारा विभिन्न कार्यक्रमहरूको अनुमतिका लागि र सरकारबाट मेडिकल शिक्षाका बारेमा उठेका विषयहरूको जाँचबुझ गर्न भनी यस कलेजमा पटक–पटक निरीक्षण भयो । फलस्वरूप यस कलेजमा एमबीबीएसतर्फ एक सय सिट, बीडीएसतर्फ ५० सिट, बीएससी नर्सिङतर्फ ४० वटा सिट, बीएनएस ४०, बीपीटी ३०, एमडी÷एमएसतर्फ ७४ वटा सिट पाउन हामी सफल भएका छौं ।

हामीले यस वर्ष डीएम एमसीएच कार्यक्रम शैक्षिक सत्र २०२२ तर्फ ९ वटा डीएम पीओप्रेटिभ क्रिटिकल केयर दुई सिट, डीएम न्यूरोलोजीमा एक, एमसीएच न्यूरोसर्जरीमा दुई, एमसीएच यूरोलोजीमा एक, एमसीएच ग्यास्ट्रोइन्ट्रोलोजीमा एक, डीएम पल्मोनोलोजीमा एक, डीएमएम नेफ्रोलोजीमा एक सिट प्राप्त गर्न सफल भएका छौं ।’ ब्याचलर इन मिड वाइफरी, बीएमएलटी। बीएमटी कार्यक्रमको पनि प्रस्तावना तयार गरी छलफलको क्रममा रहेको पनि प्राडा श्रेष्ठले बताउनुभयो– काठमाडौं विश्वविद्यालयसँग आवद्धता लिएका कलेजहरूमध्ये केएमसी कलेज देशमा एमसीएच प्लास्टिक सर्जन उत्पादन गर्ने पहिलो कलेज बन्न सफल भएकोछ ।

यसै गरी, डेन्टल प्रोग्रामतर्फ तीनवटा विषयमा एमडीएस (पोस्ट ग्राजुएट) कार्यक्रम सञ्चालनका लागि स्वीकृत भई कार्यक्रम शुरू भएको छ । दुवाकोटमा रहेको स्कील ल्याबलाई विभिन्न विधाको पठनपाठनका लागि स्तरोन्नति गर्ने कार्य सम्पन्न गरिसकिएको छ । यस आर्थिक वर्षमा सोही ल्याबमा आधुनिक कोभिड ल्याब तथा अस्पतालको स्थापना गरी सञ्चालन गरियो । त्यस्तै, डेन्टल प्रोग्रामअन्तर्गत सेरामिक ल्याबको सञ्चालन गरिसकिएको छ ।

यस कलेजले नेपाल सरकारबाट अटोपेसी सेवासहितको मेडिकोलिगल सेवा सञ्चालन गर्ने अनुमति प्राप्त गर्न सफल भएको छ । यो सेवा सञ्चालन गर्न चाहिने सम्पूर्ण तयारी भइसकेको छ । काठमाडौं मेडिकल कलेज यस्तो अनुमति प्राप्त गर्ने सरकारी मेडिकल कलेज बाहेकको पहिलो मेडिकल कलेज हो । यो सेवा शुरू भएपश्चात् केएमसीका विद्यार्थीलाई अरु संस्थाहरूमा फरेन्सिक मेडिसिनको व्यावहारिक ज्ञानको तालिमका लागि जानपर्दैन र यसले फरेन्सिक मेडिसिन विषयमा एमडी कार्यक्रम सञ्चालन गरिसकेको छ ।

केएमसीले न्युरोसर्जरी विभागमा नेपालमै पहिलो अत्याधुनिक रोवोटिक मेसिन जडान गरी न्यूरोसम्बन्धी उपचारमा कोशेढुंगा खडा गरेको छ । नेपालमा दक्ष जनशक्ति टिकाउन नसकेकै कारण स्वास्थ्य सेवा अब्बल हुनसकेको छैन । भारतमा एउटा कार्यालय सहायकले ५० हजार तलब पाउँछ भने नेपालमा एउटा चिकित्सकको तलब ५० हजार छ । यस्तो अवस्थामा जनशक्ति कसरी टिकाइराख्ने, वास्तवमै चुनौतीको विषय बनेको छ ।

दुवाकोटस्थित अस्पताललाई २५ श्ययाको सामुदायिक अस्पताल सञ्चालन गर्ने स्वीकृति प्राप्त भएपछि केही समयदेखि २४सै घण्टा ईआर र विभिन्न वहिरंग विभागहरू सञ्चालन भइरहेका छन् । सिनामंगलमा अस्पताल तथा यसका भगिनी संस्थाको नाममा संस्थासँंग जोडिएका ६ रोपनी १५ आना ० पैसा १.४३ दाम (३५३२.२० बर्ग मिटर) जग्गा तथा सोमा बनेको भवन खरिद गरिएको छ । सो जग्गा चक्रपथसम्म जोडिएको र हाल पार्किङको व्यवस्था गरिएको स्थिति छ । दुवाकोट अस्पतालबाट पीसीआर ल्याब सिनामंगलमा स्थानान्तरण गरी २४सै घण्टा सञ्चालनमा ल्याइएको छ ।

फोरेन्सिस मेडिसिन दुवाकोटमा पहिलोपटक एनएमसी। किस्ट मेडिकल कलेज अफ एमबीबीएस विद्यार्थीलाई अटोपीसी प्राक्टिकल गराइरहेको छ । दुईवटा मोरटरी मेसिन भएकोमा चार वटा थपी जम्मा ६ वटा बनाइएको छ । यसमध्ये दुई वटा दुवाकोटमा पठाई शव राख्ने व्यवस्था मिलाइएको छ । इको भ्यान तीन वटा वीनगर भ्यान एक र सुजुकी कार एक नयाँ खरिद गरेको छ । दुई वटा नयाँ एम्बुलेन्स खरिद गरी सञ्चालनमा आएको छ । अस्पताल सेवालाई चुस्तदुरुस्त राख्न एमआईडस हस्पिटल मेनेजमेन्ट सफ्टवेयर प्रयोग गरी सबै क्षेत्रमा सञ्चालन भइरहेको छ । पेपरलेस सिस्टम बनाउनेतर्फ केएमसी व्यवस्थापन लागिपरेको छ ।

अस्पतालको सेवालाई चुस्त–दुरुस्त राख्न क्यूआरटी (छिटो सम्बोधन गर्ने समूह), भीसीसी (भिजिटर परामर्श सेल), ओपीडी टोकन सिस्टम सञ्चालनमा ल्याएको छ । हाल सिनामंगल अस्पतालमा १०० बेड आईसीयू, ४० बेड एनआईसीयू र १० बेड पीआईसीयू, आकस्मिक अब्र्जभेसन वार्ड २० बेड, आकस्मिक आईसीयू १० बेड र इन्डोस्कोपी स्वीटी सेवा चालु गरिएको छ । डेन्टल बहिरंग विभागमा १० वटा डेन्टल चियर सञ्चालनमा रहेका छन् । अत्याधुनिक प्रविधिको आरभीजी (रेडियो भिजन ग्राफी) मेसिन पनि जडान गरिएको छ । रेडियोलोजी विभागमा सीबीसीटी र बीएमडी मेसिन तथा एक सय २८ स्लाइस सीटी स्क्यान मेसिन सञ्चालनमा छन् ।
अनुसन्धानतर्फका कार्य एवं उपलब्धिहरू:

सामाजिक उत्तरदायित्व:
विगतका वर्षदेखि नै कार्यान्वयनमा आइरहेका निम्न कार्यक्रमहरूलाई निरन्तरता दिइएको छ ः
१. सरकारको नियमअनुसार गरिब असहाय बिरामीहरूलाई १० प्रतिशत श्यया र आमा सुरक्षा कार्यक्रम तथा हेमो डाइलासिस सेवा निःशुल्क प्रदान गरिएको छ । साथै सरकारले लागु गरेका निःशुल्क÷सहुलियत कार्यक्रम सञ्चालनमा रहेका छन् । त्यसै गरी एमबीबीएस, बीडीएस, बीएनएस, बीएससी नर्सिङ र बीपीटी कार्यक्रमहरूमा सरकारको छनोटबाट आएका १० प्रतिशत विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति प्रदान गरिएको छ । यस वापत कलेजले नेपाल सरकारबाट कुनै रकम प्राप्त गरेको छैन । ललितपुरको बुङ्मतीस्थित स्वास्थ्य चौकी, बुङ्मतीकै अपाङ्ग सेवा संस्था, सिन्धुपाल्चोकको इन्द्रावती कम्युनिटी सर्भिस सेन्टर तथा थोकर्पा स्वास्थ्य चौकीसँगको सहकार्यमा यस कलेजले त्यस भेगका जनतालाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । त्यसै गरी माइती नेपाललाई रु. ५०,००,०००÷– (पचास लाख) बराबरको निःशुल्क उपचार, डिसेबल न्यू लाईफ सेन्टर, एबिलिटी डेभलपमेन्ट सोसाईटी अफ नेपाल, नागरिक उड्डयन प्राधिकरणसँग स्वास्थ्य सेवाका लागि सहकार्य गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्