पर्यटन जगतकाे पर्याय एभरेस्ट पायोनियर ट्रेक



पर्यटनको माध्यमबाट नेपाललाई विश्वमा चिनाउँदै आएको एभरेस्ट पायोनियर ट्रेक नेपाल पर्यटन व्यवसायमा सुपरिचित नाम हो । पर्वतारोहण, ट्रेकिङ, धार्मिक पर्यटन, साहसिक पदयात्रा, माउन्टेन बाइकिङलगायतका माध्यमबाट विदेशी पर्यटकहरूलाई नेपाल भ्रमणमा आकर्षित गर्न सफल एभरेस्ट पायोनियरले पर्यटन व्यवसायलाई माथि उकास्न मात्र नभई नेपालका मौलिक पहिचानलाई पनि अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्दैआएको छ ।

एभरेस्ट पायोनियरका संस्थापक एवं कार्यकारी अधिकृत सहदेव श्रेष्ठ भन्नुहुन्छ, ‘नेपालमा पर्यटकहरूका लागि उत्कृष्ट मानिएका पदयात्रा गर्ने ठाउँहरू प्रशस्त छन् । यस्ता ठाउँहरूको राम्रो प्रचार–प्रसार हुनसकेमा नेपालमा आउने पर्यटकको संख्या बढ्छ । त्यसैले यस्ता ठाउँहरूका बारेमा जानकारी दिन हामीले विभिन्न अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धन मेलाहरूमा निजी खर्चमा सहभागिता जनाउँदै आएका छौं ।’

नेदरल्यान्ड्सको आमस्टरडममा यही पुस २३ र २४ गते आयोजित ‘फेयर फर स्पेसल जर्नी आमस्टरडम’ मा सहभागिता जनाएका श्रेष्ठले यस्ता अन्तर्राष्ट्रिय मेलाहरूमा भाग लिँदा गुणस्तरीय पर्यटक कसरी भित्र्याउन सकिन्छ भनेर सिक्ने मौका पाइने र त्यहाँ सहभागी हुने र अवलोकनका लागि आउने गुणस्तरीय पर्यटकलाई नेपाल ल्याउन सकिने भएकोले आफूले यस्ता अन्तर्राष्ट्रिय पर्यटन मेलाहरूमा भ्याएसम्म सहभागिता जनाउने गरेको बताउनुभयो ।

उहाँको कम्पनीले पछिल्लो ६ वर्षभित्रमा एड्भेन्चर ट्राभल ट्रेड एसोसियसन (आट्टा) ले अमेरिकाको अलास्कामा आयोजना गरेको एडभेन्चर वल्र्ड समिटलगायत क्यानडा, स्वीडेन, जापान, नेदरल्यान्ड्सलगायतका देशहरूमा आयोजित १७ वटा अन्तर्राष्ट्रिय पर्यटन मेलाहरूमा सहभागिता जनाइसकेको छ । सन् २०१६ देखि आट्टाको सक्रिय सदस्य रहेको एभरेस्ट पायोनियरले नेपाल टुरिजम बोर्डका साथै अन्नपूण संरक्षण क्षेत्र परियोजनामा पनि सहकार्य गरिरहेको छ ।

त्यस्तै, अमेरिकाको टोटल एडभेन्चर ट्राभल, स्वीजरल्यान्डको फोकस मिडिया ईको ट्राभलर, मोन्टरियल क्युबेक क्यानडालगायतका अन्तर्राष्ट्रिय संस्थासँग पनि आवद्ध रहेको एभरेस्ट पायोनियरले नेपालमा गुणस्तरीय पर्यटक भित्र्याउन र उनीहरूको नेपाल बसाइ सुखद र रोमाञ्चक बनाउँदै उनीहरू फर्कीफर्की आउने वातावरण बनाउन महत्वपूर्ण भूमिका खेल्दै आइरहेको कार्यकारी अधिकृत श्रेष्ठ बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, ‘नेपालमा १ सय २५ जातजाति छन् भने १ सय २३ भाषाको प्रयोग हुन्छ । उनीहरूको फरक चालचलन, रीतिरिवाज, भेषभूषा, संस्कार र चाडपर्व पनि पर्यटकको आकषर्णका केन्द्र हुन् । यस्ता हाम्रो मौलिकताबाट पनि हामी पर्यटकलाई आकर्षित गर्न सक्छौं ।’ त्यस्तै, यहाँका विभिन्न राष्ट्रिय निकुञ्जहरूमध्ये चितवन र सगरमाथा राष्ट्रिय निकुञ्ज विश्व सम्पदा सूचीमा रहेका छन् भने विभिन्न धार्मिक स्थल एवं सांस्कृतिक सम्पदाहरूमध्ये पशुपतिनाथको मन्दिर, चाँगुनारायणको मन्दिर, लुम्बिनी, स्वयम्भू, बौद्ध, काठमाडौं, भक्तपुर र ललितपुर दरबार स्क्वायर पनि विश्व सम्पदा सूचीमा पर्दछन् ।

त्यसको बारेमा पनि विभिन्न अन्तर्राष्ट्रिय पर्यटक मेलामा सहभागी भई विदेशी पर्यटकहरूलाई जानकारी दिएर एभरेस्ट ट्रेकले नेपाल भ्रमणमा आउन प्रेरित गर्नुका साथै १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालहरू नेपालमै रहेको जानकारी दिएर हिमाल आरोहण गर्न चाहने आरोहीहरूलाई समेत गाइडदेखि लिएर आवश्यक सम्पूर्ण व्यवस्था मिलाइदिने गरेका छ ।क्यानडाका पर्यटकहरूलाई नेपाल भित्र्याउन महत्वपूर्ण भूमिका खेलेवापत नेपाल टुरिजम बोर्ड क्यानडा र क्यानडास्थित नेपाली दूतावासले गत नोभेम्बरमा उहाँलाई सम्मान गरेको थियो ।

एभरेस्ट ट्रेकले अन्नपूर्ण बेस क्याम्पमा ट्रेकिङ जान आउने पर्यटकहरूलाई सहुलियत दरमा सात दिनको प्याकेज प्रदान गर्दै आएको छ भने एभरेस्ट बेस क्याम्पको लागि पनि सात दिनको प्याकेज टुर प्रदान गर्नेगरेको छ । त्यसै गरी, यस कम्पनीले चीनको तिब्बतबाट सगरमाथाको उत्तरी भाग र ल्हासाको पनि प्याकेज टुर गराउँदै आएको छ ।झन्डै १४ वर्षअघि स्थापना भएको यस कम्पनीले आफ्ना ग्राहकहरूलाई एड्भेन्चर ट्रेकिङ, धार्मिक पर्यटन, ग्रामीण पर्यटन, योगा तथा ध्यान कक्षालगायत विभिन्न ग्रामीण क्षेत्रमा स्वयंसेवामा संलग्न हुने मौकासमेत प्रदान गर्दैआएको छ भने खेलकुद प्रेमीहरूलाई माउन्टेन बाइकिङमा पनि संलग्न गराउने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्