एक्लो सरकारी मानसिक अस्पताल तर सेवा बहुपक्षीय



डा. अनन्त प्रसाद अधिकारी, निर्देशक मानसिक अस्पताल

ललितपुरको लगनखेल स्थित मानसिक अस्पताले नेपाल सरकारको स्वामीत्वमा रहेको एउटै मात्र केन्द्रीय मानसिक अस्पतालहो । स्थापनाकालमा बीर अस्पतालभित्र एउटा यूनिटर पछि अस्पतालको रूपमा विकास गरिएको यो अस्पताललाई तत्कालिन ललितपुर जिल्ला अस्पताल हालको पाटन अस्पतालमा गाभिएपछि खालीहुन आएको स्थानान्तरण गरी. एक बि. सं. २०४० साल देखि यहाँबाट नै सेवा सुचारू भैरहेको छ । हाल यस अस्पतालमा ५० अन्तरंग सैयाहरू सुचारूछन् भने बहिरंग सेवा तथा आकस्मीक सेवा समेत सुचारु छ ।

मानसिक स्वास्थ्यको हिसावले सरकारी स्तरकों एक मात्र केन्द्रीय अस्पताल भएको नाताले यो अस्पतालमा देशका ७७ वटै जिल्लाबाट नै विरामीहरू उपचार गर्न आउने गर्दछन । विशेष गरी अन्यत्र उपचार हुननसकेका वा उपचारबाट वन्चित विरामीहरू यो अस्पतालमा उपचारको लागि आउँने गर्दछन् । विशेष गरी कडा तथा दीर्घ प्रकृतिका मानसिक रोगीको उपचारका निम्ती यो अस्पतालको सेवालाई महत्वपूर्ण रूपमा हेरिने गरेको छ ।
दैनिकरुपमा यो अस्पतालबाट विभिन्न यूनिटहरुमार्फत सेवाप्रवाह गर्ने गरिन्छ ।
बहिरंग सेवा
अन्तरंग सेवा
आकस्मीक सेवा
विस्तारित बहिरंग सेवा
साइकोलोजिकल सर्भिसेज
मेथाडोन मेन्टेनेन्स ट्रिटमेन्ट सेवा (मौखीक प्रतिस्थापन सेवा)
सामुदायीक मानसिक स्वास्थ्य कार्यक्रम आत्महत्या रोकथाम
हेल्पलाइन ऐवा
–११६६
प्रयोगशाला सेवा
फार्मेसी सेवा
विविध उपचार सेवाहरु-
विद्युतीयउपचार पद्धति (ईसिटी)
आर टि. एम एस (टीएमएस)
टि.डि.सि.एस (टीडिसिएस)

बहिरंग सेवा:

अस्पतालले प्रदानगर्ने सेवामहरु मध्य यो एउटा प्रमुख सेवाहो । देशै भरीबाट आउने विरामीहरुलाई एघार जना मनोचिकित्सक तथा चार जना आवासिय चिकित्सकबाट यो सेवा प्रदान गरिदै आएको छ । सार्वजनिक विदाका दिनहरुमा समेत संचालन हुने बहिरंग सेवामा दैनिक लगभग १२० देखी १५० जनाको हाराहारीमा विरामीहरुको परिक्षण उपचार हुने गर्दछ । शनिवार भने यो सेवाबन्द रहने गरेको छ ।
अन्तरंग सेवा
५० सैया सहितको अन्तरंग सेवा संचालित यो सेवामा प्रायजसो विरामीको चाप रहने गरेको पाइन्छ । अस्पतालमा भर्ना भै उपचाररत विरामीहरुका निम्ती औषधि उपचारको निःशुल्क भोजन तथा औषधि उपचारको समेत व्यवस्था छ ।
आकस्मिेक सेवा:
हप्तामा सातैदिन र दिनमा चौविसै घण्टा आकसमीक सेवा संचालितछ । यस यूनिटमा ३ वटा सैयाको व्यवस्था छ भने तत्काल उपचार गर्नु पर्ने बिरामीहरुलाई आवासिय चिकित्सकले सेवा प्रदान गर्दछन् ।
विस्तारित वहिरंग सेवाः
मनो चिकित्सकहरुको कार्यालय समय, भन्दा बाहिर अस्पतालमै रहेर सेवा पु–याउने हेतुले संचालित यो सेवा मार्फत विरामीहरुले तोकिएको शुल्कमा आफूलाई इच्छा लागेको चिकित्सक मार्फत बहिरंग सेवालिन सक्दछन् । शनिवार वाहेक ६ दिन हरेक दिन ३ः०० बजे पछि यो सेवालिन सकिन्छ ।
मनोवैज्ञानिक उपचार सेवा
अस्पतालमा संचालित मनोविज्ञान इकाइमा कार्यरत चिकित्सा मनोविद तथा मनो परामर्शदाता मार्फत यो सेवालिन सकिन्छ ।
मेथाडोन मेन्टेनेन्स ट्रिटमेन्ट सेवाः
मौखिक प्रतिस्थापन उपचार सेवा पनि भन्ने गरिएको यो सेवा अन्तर्गत कड़ाखालका लागु पदार्थ सेवन गर्ने विरामीहरुका लागि उनीहरुको शारिरीक तथा मानसिक स्वास्थ्यको रक्षाका निम्ती मेथाडोन भन्ने औषधि विस्थापनको रूपमा सेवन गराइने गरिन्छ । विशेष गरी दुव्र्यसनमा फसेका युवाहरुको लागि लक्षित यो कार्यक्रम मार्फत लगभग दैनिक १०० जनाको संख्यामा विरामीहरुले ऐवा लिइरहेका छन् । स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधि सेवन गर्नुपर्ने यो कार्यक्रम राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रको सहकार्यमा संचालित छ ।

सामुदायीक मानसिक स्वास्थ्य कार्यक्रम:

यो कार्यक्रम अन्तर्गत असपतालले विभिन्न जिल्लाका स्वास्थ्यकर्मीहरुका लागि मानसिक स्वास्थ्य कार्यक्रम बारे तालिम संचालन गर्ने गरेको छ भने हरेक महिनाको एक दिन त्रिसुली अस्पताल तथा काभ्रेको मेथिनकोट अस्पतालमा ओ.पि.डि. सेवा संचालनगर्ने गरेकोछ ।

आत्महत्या रोकथाम हेल्पलाइन सेवा:

नेपालमा बढ्दो आत्महत्याको दरलाई कम गर्न तथा मानसिक स्वास्थ्यको जगेर्ना गर्ने उदेश्यले निःशुल्क हटलाईनको रुपमा संचालित यो सेवा चार अंकको ११६६ नंबर डायल गरी चौविस घण्टा सेवालिन सकिन्छ । आत्महत्यावा सोच आएका व्यक्तिहरूलाई अस्पतालका परामर्शदाताहरुले तत्काल मनोपरामर्श उपलब्ध गराउदछन् भने मानसिक स्वास्थ्य परिक्षण तथा उपाचार समेतकाबारे जानकारी प्रदान गर्ने गरिन्छ ।
प्रयोगशाला सेवा:

यो सेवाअन्तर्गत ओ.पी.डि. तथा अंतरंग का विरामीहरु अस्पतालमा संचालित प्रयोगशाला मार्फत आधारभूत प्रयोगशाला परिक्षण सेवा उपलब्ध गराइन्छ ।

फार्मेसी सेवा:
अस्पतालमा उपचारार्थ आउने बिरामीहरुलाई अस्पताल फार्मेसी मार्फत सहूलियत दरमा गुणस्तरीय औषधी उपलब्ध गराउने गरिन्छ ।

विविध सेवाहरू:
आर. टि. एम. एस (आरटीएमए): रिपिटेटिभट्रान्स क्यानियल म्योग्नेटीक स्भुलेसन भनीने न्युरो मोडुलेसन अवधारणामा आधारीत यो सेवालाई मानसिक रोगको उपचारमा आधुनिक उपचारको रूपमा लिने गरिन्छ । गत बर्षबाट अस्पतालमा यी उपलब्ध सेवामार्फत जटिल तथा लामो समय सम्म निको नभएका निस्चित खाले मानसिक रोगको उपचार गर्ने गरीन्छ ।
टि.डि. सि. एस

(टीडीसिएस):
ट्रान्स क्र्यानियल डाइरेक्ट करेन्ट स्टिमुलेसन भनेर चिनीने यो सेवा पनि निश्चितखाले दिर्घ मानसिक रोगको उपचारको लागी प्रयोग गरिने सेवा हो । लछित विरामीहरुको लागी यो सेवा पनि उपलब्ध छ ।

विद्युतियउपचार सेवा (ईसीटी): इलेक्ट्रो कन्भल्सन सेवा भनेर चिनिने यो सेवा अत्यन्त प्रभावकारी उपचार पद्धति हो । चिकित्सकको प्रत्यक्ष संलग्नतामा गरिने यो उपचार सेवा पनि अस्पतालमा सहज रुपमा उपलब्ध छ ।

एम.डि.साईक्याट्री शैक्षिक कार्यक्रम:

वि.सं. २०६९ देखि शुरु भएको यो कार्यक्रम मानसिक अस्पतालको सेवा तथा शैक्षिक कार्यक्रमहरु मध्ये कोषेढुंगाको रुपमा लिन सकिन्छ । मानसिक स्वास्थ्यको क्षेत्रमा दक्ष जनशक्तिी उत्पादन गर्न यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको छ । हरेक बर्ष दुई जनाको दरले उत्पादीत विशेषज्ञ चिकित्सकको संख्या १७ नाघी सकेको छ भने यसरी उत्पादित जनशक्तिले देशका विभिन्न अस्पतालहरुमा रही सेवा प्रदान गरि रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्