प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले उकालो



काठमाडौं ।

प्रि-ओपन सेसनमा मंगलबार नेप्से सूचक ३.५८ अंकले उकालोे लागेको छ । यससँगै सूचक २२१५.३४ विन्दुमा आएको छ ।

३६ कम्पनीको १० हजार ५३२ कित्ता सेयर खरिदबिक्री हुँदा ३६ लाख ३७ हजार ७८६ रुपैयाँको सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल २८ कम्पनीमा उकलो लागेको छ भने ५ कम्पनी घटेको छ । साथै एक कम्पनी स्थिर रहेको छ ।

यता, १३ उपसुचकहरु मध्ये ७ कम्पनीमा वृद्धि भएको छ भने बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।

प्रतिक्रिया दिनुहोस्