ब्रिटनी नशाको रोगबाट पीडित



हलिउड गायिका ब्रिट्नी स्पेयर्सले आफू एक गम्भीर नशासम्बन्धी रोगसँग जुध्दै आएको खुलासा गरेकी छन्।

हालै उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफू नाचिरहेको एक भिडियो सेयर गर्दै आफ्नो शरीरको दाहिने भागको नशामा हुने क्षतिको समस्याबाट गुज्रिरहेको बताएकी हुन्।

म अहिले नाचिरहेको छु। तर, मेरो शरीरको दाहिने भागको नशामा क्षति भइरहेको छ। मलाई लाग्छ अब मेरो स्वास्थ्य समस्याको निदान भगवानबाहेक अरु कसैले गर्न सक्दैनु उनले इन्स्टाग्राममा लेखेकी छन्। ब्रिट्नीले आप्mनो समस्याबारे अझ प्रष्ट पार्दै भनेकी छन ञनर्भ ड्यामेज तब हुन्छ, जब मष्तिष्कमा अक्सिजन आपूर्ति हुन पाउँदैन। कुनै बेला यसका कारण मष्तिष्क लगभग बन्द हुन्छ भने शरीरको कुनै अंग संवेदनारहित हुन्छ।

ब्रिट्नीले आफ्नो स्वास्थ्य समस्याका कारण आफू हप्तामा तीन दिन ओछ्यानमै बिताउनुपर्ने र उक्त समय आफ्नो दाहिने हात संवेदनारहित हुने बताएकी छन्। ञशरीरको नशा साना साना हुन्छन्। तर, यसको दुखँइको पीडा कसैले घाँटीमा सुई हानेको जस्तै हुन्छु उनले आप्mनो अनुभव सेयर गरेकी छन्।

 

प्रतिक्रिया दिनुहोस्