राजनीतिशास्त्र पढ्ने विद्यार्थीले प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट कक्षा लिन सक्ने



काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले राजनीतिशास्त्र (शिक्षा) पढ्ने विद्यार्थीहरूले भौतिक उपस्थिति (प्रत्यक्ष) तथा भर्चुअल माध्यमबाट कक्षा लिनसक्ने व्यवस्था गरेको छ ।

विद्यार्थीहरूको सुविधालाई ध्यानमा राख्दै राजनीतिशास्त्र पढ्ने र पढ्न चहाने विद्यार्थीका लागि यस्तो व्यवस्था गरिएको शिक्षाशास्त्र संकाय राजनीतिशास्त्र विभागले जनाएको छ ।

यो विषय पढ्न चहाने विद्यार्थीले मान्यताप्राप्त देशका कुनै पनि क्याम्पस, कलेज र विद्यालयबाट शिक्षाशास्त्र संकायबाट जुनसुकै विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने छ ।

दुई वर्षे सेमेस्टार प्रणालीमा पढाइ हुने यो विषयको कक्षा लिन नियमित तथा अनिवार्य विश्वविद्यालय धाउनुपर्ने छैन । तथापि विद्यार्थीहरूले विश्वविद्यालयमै पुगेर पढ्न पनि सक्नेछन् ।

तर, विश्वविद्यालयभन्दा टाढा घर भएका, सरकारी तथा गैरसरकारी संघ, संस्थाहरूमा जागिर गर्दै गरेका विद्यार्थीहरूले घरमै बसेर अनलाईन माध्यमबाट भर्चुअल कक्षा लिनसक्ने शाजनीतिशास्त्र (शिक्षा) विभागका प्रमुख श्याम फूएलले बताए ।

यस विषयमा शैक्षिक सत्र २०७९/०८० का लागि नयाँ आवेदन खुल्ला गरिएको छ । यहीँ पुष ६ गतेदेखि माघ ४ गतेसम्म आवेदन खुल्ला गरिएको शिक्षाशास्त्र संकाय केन्द्रीय विभागको कार्यालय त्रिविले जनाएको छ ।

माघ ४ गतेदेखि ९ गतेसम्म विलम्ब शुल्क बुझाएर पनि आवेदन दिन सकिने छ । प्रवेश परीक्षा माघ १४ गते बिहान ११ बजे हुनेछ भने नतिजा प्रकाशन माघ १८ गते हुनेछ ।

भर्ना आवेदन माघ १९ गतेदेखि माघ २२ गतेसम्म हुनेछ । भर्नाका लागि अनलाइन www.tufoe.edu.np गएर पनि आवेदन भर्न सकिनेछ भने कक्षा सञ्चालन माघ २२ गतेबाट हुनेछ ।

हेर्नुहोस् भर्ना आवेदन :

प्रतिक्रिया दिनुहोस्