बलिउड नायिकाको कमाइ ३ देखि १० करोडसम्म



बलिउड कलाकारहरुको लोभलाग्दो कमाइलाई हेरेर फिल्मी क्षेत्रमा लाग्ने युवा युवतीको लाम मुम्बईमा ठूलै हुने गर्छ। एकै फिल्मबाट करोडाैं रुपयाँ पारिश्रमिक लिने नायक नायिकामा केही पुराना हस्तीसँगै केही नयाँ छन्।

नेपालमा जस्तै नायकको तुलनामा नायिकाको पारिश्रमिक कम भएता पनि कतिपय नायिकाले चर्चा बढेसँगै आप्mनो पारिश्रमिक पनि बढाउने गरेका छन्। बलिउड नायकको पारिश्रमिक झन्डै एक अर्ब पुगिसक्दा पनि नायिकाको पारिश्रमिक मुस्किलले करोडको रेखामा छ। विज्ञापन, फिल्म अनि देशविदेशको कार्यक्रम नै मुख्य कमाइको श्रोत बनाउने गरेका बलिउड कलाकारमध्ये सबैभन्दा बढी कमाई गर्ने नायिकाको सूचि कम रोचक र लोभलाग्दो छैन।

बलिउड नायिकामा नम्बर एक नायिकाको छवि बनाएकी दीपिका पादुकोण यतिबेला कमाइ गर्ने नायिकामा समेत नम्बर एकमै रहेकी छन्। हलिउड फिल्मसमेत खेलिसकेकी दीपिकाले फिल्म खेलेवापत अहिलेसम्म सर्वाधिक १० करोड रुपियाँ पारिश्रमिक पाएकी छिन्। फिल्म बाजिराव मस्तानीको लागि दीपिकाले अहिलेसम्मकै सबैभन्दा बढी पारिश्रमिक लिएकी हुन्।

यता नायिका कंगना रनावतले समेत फिल्म तन्नु विड्स मन्नुको लागि १० करोड लिएको दाबी गरे पनि अन्त्यमा झुट साबित भएको थियो। दीपिका भने ८ करोड बराबरको विज्ञापनको प्रोजेक्टमा काम गरिरहेकी छिन्। बलिउड सञ्चार माध्यमका रिपोर्टअनुसार हलिउड पुगेर अर्को सम्भावना खोजिरहेकी पूर्व विश्व सुन्दरी प्रियंका चोपडा सबैभन्दा बढी पारिश्रमीक लिने नायिकाको सूचिमा दोस्रो नम्बरमा आउँछिन्।

उनले अहिलेसम्म सर्वाधिक ९.५ करोड भारु पारिश्रमिक पाएकी छन्। बाजिराव मस्तानीको लागि नै प्रियंकाले ९.५ करोड लिएकी थिइन्। महिला कलाकारलाई दिइने पारिश्रमिकमा विभेद भएको आवाज उठाउँदै आएकी चोपडाले अब १५ करोडभन्दा कम पारिश्रमिकको फिल्ममा अभिनय नगर्ने बताएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

नायिका करिना कपुर पनि सर्वाधिक पारिश्रमिक लिने नायिकाको सूचीमा अगाडि नै आउँछिन्। धेरै फिल्ममा अभिनय गरिसकेकी करिनाले अहिलेसम्म सर्वाधिक पारिश्रमकिका रुपमा फिल्म कि एन्ड काको लागि ९ करोड प्राप्त गरेकी छन्। उनले फिल्म उड्ता पञ्जाबमा समेत मोटो रकम पाएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।

नायिका कटिझना कैफ सुरुमा सर्वाधिक कमाइ गर्ने नायिकको सूचीमा नम्बर एकमा थिइन्। सन् २०१२ मै रिलिज भएको फिल्म एक था टाइगरको लागि कैफले आठ करोड भारतीय रुपियाँ प्राप्त गरेकी थिइन्। त्यसयता उनले पाँच करोड आसपासका फिल्ममा मात्र काम गर्ने अवसर पाइरहेकी छन्।

बलिउडमा आफ्नो छुटै पहिचान बनाएकी नायिका विद्या बालनले पनि फिल्मको लागी आफ्नो रेट तोकेकी छन्। न्यूनतम ७ करोड तोकेकी विद्याले दुई फिल्म डर्टी पिक्चर र कहानीको लागि समान सात करोड लिएकी थिइन्। फिल्म पाउन छोडेपछि भने बालनले आफ्नो रेट घटाएर पाँच करोड तोकेको समाचारमा उल्लेख छ।

डेब्यु फिल्म रबने बनादि जोडीबाटै हिट भएकी अनुष्का शर्माले बलिउडका तिन चर्चित खान नायकसँग काम गर्ने मोका पाएकी छन्। शाहरुख खानसँगको फिल्म रबने बनादी जोडीबाट पारिश्रमिकको रुपमा तीन करोड पाएकी अनुष्काले आमिर खानको पिकेसम्म पुग्दा पाँच करोड पारिश्रमिक पाएकी छन्। उनै अनुष्काले सलमान खानको पछिल्लो सुपरहिट फिल्म सुल्तानको लागि ६ करोड प्राप्त गरेसँगै उनको रेटसमेत बढेको छ।

सोनाक्षी सिन्हा र श्रद्धा कपुर दुवैको भने पारिश्रमिक समान रहेको छ। यी दुवै नायिकले पाँच करोडभन्दा तलका फिल्ममा अफर नगर्न समेत आग्रह गरको छन्। वर्षमा औसतमा तीन फिल्म दिने यी नायिकाले आफ्नो कमाइको केही हिस्सा समाजसेवामा समेत लगाउने गरेका छन्। सोनाक्षीले बडिगार्ड र श्रद्धाले एक भिलेनमार्फत पाँच करोड पारिश्रमिक लिँदै आफ्नो रेट तोकेका थिए।

आलिया भद्म र परिणिति चोपडा उदीयमान नायिकाको छवि बनाउँदै बलिउडमा प्रति फिल्म तीन करोड कमाइ गर्ने नायिकाको सूचीमा छन्। आलियाले हम्टी शर्माकी दुल्हनीया र परिणितीले शुद्ध देशी रोमान्सबाट तीन करोड प्राप्त गरेका हुन्।

त्यसो त, दक्षिण भारतीय नायिकाको समेत लोभलाग्दो कमाइ रहेको इन्डियन टाइम्सले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्