ह्वात्तै बढ्याे सुनकाे मूल्य, प्रतिताेला कति पुग्याे ?



काठमाडौं ।

बिहिबार नेपाली बजारमा सुनको दुई सय रुपियाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा दुई सय रुपैयाँ बढेर छापावाल सुनको मूल्य एक लाख तीन हजार एक सय रुपैयाँ पुगेको छ ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख दुई हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला एक लाख दुई हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो तोलाको एक लाख दुई हजार चार सय रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा एक हजार तीन सय ८५ रुपैयाँ कायम गरिएको छ ।

पुस १ गतेदेखि हालसम्म सुनको मूल्य निरन्तर उकालो लाग्दै आएको छ । पुस १ गते छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार नौ सय रुपैयाँ रहेको थियो । पछिल्लो २१ दिनमा सुनको मूल्यमा तीन हजार दुई रुपैयाँ वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्