आलियाले गर्भ लुकाएपछि…



बलिउड अभिनेत्री आलिया भट्ट सन् २०२२ मा आमा बनिन्। अप्रिलमा अभिनेता रणवीर कपुरका साथ विवाह गरेकी उनले जुन महिनामा आफू आमा बन्न लागेको खबर सार्वजनिक गरेकी थिइन् भने नोभेम्बरमा छोरीलाई जन्म दिएकी थिइन्।

विवाहको सात महिनामै अभिभावक बनेको भन्दै त्यतिबेला आलिया र रणवीरको चर्चा खुब भएको थियो। हालै टाइम्स अफ बम्बेसँगको कुराकानीमा आलियाले आफूले आमा बन्न लागेको कुरा गोप्य राख्नुको कारण खुलाएकी छन्। आलियाले आफ्नो खराब स्वास्थ्य अवस्थाका कारण गर्भवती भएको तीन महिनासम्म यसबारे मौन रहेको बताएकी छन्।

कुनै पनि बाध्यता आई नपरेसम्म कुनै पनि कुरालाई लुकाएर राख्ने मेरो बानी छैन। १२ हप्तासम्म मेरो स्वास्थ्यमा निकै समस्या भएको थियोु विवाहअघि नै गर्भवती रहेको संकेत गर्दै उनले भनेकी छन् ञगर्भावस्था गम्भीर भएका कारण तीनमहिनासम्म बन्धनमा बसे। जुन बेला म आफ्नो स्वाथ्य अवस्था सामान्य बनाउनतर्फ लागेकी थिए। आफू र बच्चाको स्वास्थ्य अवस्थालाई प्राथमिकतामा राख्ने क्रममा मैले गर्भवती रहेको कुरा १२ हप्तासम्म कसैलाई भनिन  ।

करिअरको उचाइमा रहेको बेला अचानक विवाह गनु र बच्चा जन्माउँदा करिअरलाई असर पुग्ने कुरालाई नकार्दै आलियाले भनेकी छन् ञम आफ्नो मनको कुरा सुन्ने व्यक्ति भएकाले यस्तो कुराले मलाई फरक पार्ने कुरै भएन। मैले करिअरको पिकमा पुगेर विवाह गर्ने र बच्चा जन्माउने फैसला गरे। तर, विवाह र मातृत्वले मेरो काममा असर गर्छ भन्ने कुरा म मान्दिनँ र बच्चा जन्माउनु स्वाभाविक प्रक्रिया भएकाले म यसमा पछुतो पनि मान्दिन ।आलियाले गर्भावस्थामै पहिलो हलिउड फिल्म हार्ट अफ स्टोनको छायांकन गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्