नेपाली बजारमा कुल ब्राण्डका मसला



काठमडौं । 

भीमेश्वर फुड प्रोडक्ट्स प्रा.लि ले नेपाली बजारमा कुल ब्रान्डको मसला ल्याएको छ । अंग्रेजी नयाँ वर्ष २०२३ को अवसर पारी एक कार्यक्रमकाबीच भीमेश्वर फुड प्रोडक्ट्स प्रा.लि ले कुल ब्रान्डका विभिन्न चार थरिका मसला नेपाली बजारमा बिक्री वितरण गरेको जानकारी गराएका छन् ।

कच्चा पदार्थलाई नेपालमा नै प्रशोधन गरी नेपालमा नै तयार पारिएको कुल ब्रान्डले बेसार, जीरा, खुर्सानी र मिक्स मसाला गरी चार विभिन्न स्वादका धूलो मसाला उत्पादन गरेका छन् ।

भीमेश्वर फुड्स प्रोडक्ट्स प्रा.लि प्रबन्ध निर्देशक राजेश बाबा श्रेष्ठले विदेशबाट आयात हुने अन्य मसलाभन्दा कुल ब्रान्डद्वारा उत्पादित मसला शुद्ध तथा गुणस्तरीय र सुपथ मूल्य बिक्री वितरण गरेको जानकारी गराउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्