अब नेपाली भाषाकै कार्टुन



नेपाली बालबालिकाले नेपाली भाषामै कार्टुन हेरून् भन्ने उद्देश्यले यीनी र मिनि नामक कार्टुन तयार पारी यसको ट्रेलर सार्वजनिक गरिएको छ। एक मिनेट ३२ सेकेन्डको ट्रेलरमा यिनी र मिनिको सस्पेन्स कथा देखाउन खोजिएको छ।

मुनाबाट मिनी बनेकी पात्र र उनको दुई साथी तथा यीनीको कथा समावेश कार्टुन सिरिज नेपालको अर्गानिक कार्टुन हुन जनाइएको छ।आगामी माघको दोश्रो साताबाट नेपाल नेटवर्क टेलिभिजन (एनएनटिभी) मा प्रसारणमा आउने कार्टुन प्रभावन जेको कन्सेप्टमा बनेको छ भने शृंखला निर्देशक नविन भट्ट हुन्।

कार्टुनको ग्राफिक्स र एनिमेसन आयो स्टुडियोले गरेको छ। डीएआर मुभिजको निर्माणमा बनेको कार्टुन यिनी मिनीसँगै अन्य तीन एनिमेटेड शो नेपाल नेटवर्क टेलिभिजनमार्फत प्रसारण गर्ने तयारी रहेको डीएआर मुभिजका सञ्चालक सदस्य श्याम धितालले जानकारी गराएका छन्।

प्रतिक्रिया दिनुहोस्