कमलमणि दादाजी लाइब्रेरियन



भाषासेवी कमलमणि दीक्षितको जीवनीमा तयार पारिएको वृत्तचित्र दादाजी द लाइब्रेरियन हालै सार्वजनिक गरिएको छ। सम्राट खरेलद्वारा निर्देशित १ घण्टाको वृत्तचित्र ललितपुरको लबिम मलस्थित क्यूएफएक्स हलमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको हो।

वृत्तचित्रमा कमलमणिले मदन पुरस्कार पुस्तकालयको स्थापना कसरी गरे भन्ने खुलाइएको छ भने पुस्तकालयमा संगृहित पुस्तक संकलनका क्षण प्रस्तुत गरिएको छ। वृत्तचित्रमा गीतकार तथा फिल्म लेखक एवं निर्देशक यादव खरेललाई पनि प्रस्त्ुत गरेका छन्। सम्राटले आफ्ना पिता यादवले कमलमणिसँग लिएको अन्तर्वार्ताबाट वृत्तचित्रको शुरुवात गरेका छन्।

वृत्तचित्रमा कमलमणिले सुरु गरेको पुस्तकसंग्रह नेपाली भाषामा समर्पित विश्वकै ठूलो अभिलेखालय कसरी हुन पुग्यो भन्ने देखाइएको छ। ‘यो वृत्तचित्रलाई म वृत्तचित्रकै रूपमा हेर्दिनँ। भाषासेवी कमलमणिमाथिको फिल्म हो यो’ वृत्तचित्र हेरिसकेपछि लेखक तथा रंकर्मी अशेष मल्लको भनाइ थियो।

सम्राट खरेल फिल्म्स् तथा यादव खरेल अर्काइभ्सको प्रस्तुतिमा बनेको वृत्तचित्रमा फ्र्याक बर्नेडको संगीत, निर्देशक सम्राटका साथ देवानन्द शिल्पकारको छायांकन र परितोषको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्