जनमत सम्मानको घोषणा



काभ्रे । जनमतवाङ्मय प्रतिष्ठानद्वारा हरेक वर्ष प्रदानगरिँदै आएका विभिन्न सम्मानहरू यसवर्ष विभिन्न साहित्यकारहरुलाई प्रदान गरिने भएको छ ।

यसवर्ष २०७७ र २०७८ सालको दीपा–जनमत सम्मान भगवती अर्याल पाण्डे (नवलपुर)/युवराज नयाँघरे (इलाम)लाई, गणेश/खिलकुमारी दुवाल – जनमत सम्मान श्रीओम श्रेष्ठ रोदन (ललितपुर)/अशेष मल्ल (धनकुटा)लाई, हृदयचन्द्र–जनमतवरिष्ठ साधक सम्मान रामकुमार पाँडे (ललितपुर)/पद्मावती सिंह (काठमाडौ)लाई, जनमत–जनकप्रधान सेवा सम्मान–सुरेश कसजू (सिन्धुपाल्चोक)/मणि लोहनी (नुवाकोट)लाई प्रदान गरिनेछ ।

त्यसैगरी केवलपुरे – जनमत सम्मान सुमित्रा सुमि (नुवाकोट)/जलेश्वरी श्रेष्ठ (काठमाडौं)लाई, जनमत – महेन्द्रलाल कलाकार सम्मान विक्रमश्री (मोरङ)/राजु तुलाधर (काठमाडौं) लाई, कमला सैंजू – जनमत सम्मान डा. गीता त्रिपाठी (काभ्रे) र तारा केसी (काभ्रे)लाई, जनमत – राजभाई सहयात्री सम्मान दिलसुन्दर श्रेष्ठ (काभ्रे) हरिप्रसाद चौलागाई (काभ्रे)लाई, भारती–जनमत साहित्यिक पत्रकारिता सम्मान – सीता राई थुलुङ (खोटाङ) र बालिका गिरी (काठमाडौंं) लाई प्रदान गरिनेछ ।

जनमत–केदार/सुदर्शना बालसाहित्य सम्मान – अनन्त प्रसाद वाग्ले(काभ्रे)/विजयराज आचार्य (प्युठान) लाई, जनमत–सिचिधर्म/संस्कृति सम्मान – शीलापन्त (काठमाडौं) ऋषिकेशव कँडेल (रुपन्देही)लाई, जनमत–मित्रअनुवाद राष्ट्रिय सम्मान – कृष्णप्रकाश श्रेष्ठ (मरणोपरान्त, काठमाडौं)/डा. गंगाप्रसाद अकेला (धनुषा) लाई तथा जनमत–दीपक वैद्य स्वास्थ्य सम्मान – डा. रविन्द्र समीर पाण्डे (गुल्मी)/योगेन्द्र प्रधानाङ्ग (भक्तपुर) लाई प्रदान गरिनेभएको छ ।

यसैगरी यसैवर्षदेखि प्रदान गरिने गरी स्थापना भएको जनमत–ज्ञानरत्न/मंगलतारा राष्ट्रिय सम्मान टङ्क बबहादुर आलेमगर (उदयपुर) र जनमत – पूर्णमान/लुचि समाजसेवा सम्मान रुवि राजभण्डारी (बागलुङ) लाई प्रदान गरिने छ ।

जनमत वाङ्मय प्रतिष्ठान नेपालको ३९औं वार्षिकोत्सवका अवसरमा आगामी २०७९ चैत्र २५गते बनेपामा आयोजना हुने कार्यक्रममा यी सम्मानहरू प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष बरिष्ठ साहित्यकार मोहन दुवालले जानकारी गराउँनुभयो ।

अघिल्लो वर्ष कोरोना महामारीका कारण जनमतको वार्षिकोत्सव स्थगित भएको हुँदा यसै वर्ष २०७७ र २०७८ सालको सम्मान पनि प्रदानगर्न लागिएको उहाँले जानकारी गराउँनुभयो ।

प्रतिक्रिया दिनुहोस्