रियालिटी शोमा पोइट आइडल



नेपालमै पहिलोपटक कवितामा आधारित रियालिटी शो द पोइट आइडल आज बिहीबारदेखि प्रसारणमा आउने भएको छ।
ख्यातिप्राप्त कवि क्षेत्रप्रताप अधिकारीका पुत्र अमनप्रताप अधिकारीद्वारा निर्माण तथा निर्देशन गरिएको शो आज राति साँढे आठ बजेदेखि एपी वान टेलिभिजबाट प्रसारणमा आउने भएको हो।

शो हरेक साता शुक्रबार पनि प्रसारण हुनेछ। शोमा डिजिटल अडिसनबाट छानिएका सहभागीहरुमध्येबाट विभिन्न चरण पार गर्दै १४ जना कवि छानिनेछन्।

अन्तिम १४ बाट हरेक साता एक जना प्रतिस्पर्धी बाहिरिने र अन्तिममा एक जना द पोइट आइडल जनाइएको छ। प्रतियोगितामा कविद्वय विप्लव प्रतीक र उपेन्द्र सुब्बाका साथमा निर्देशक तथा रंगकर्मी अनुप बराल र अभिनेत्री सुरक्षा पन्त रहनेछन् भने विजेताले दश लाख रुपियाँ नगद पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्