प्रधानमन्त्री प्रचण्ड भोलि बालुवाटर सर्ने



gjlgo’Qm k|wfgdGqL k|r08 sf7df8f}F, !) k’; . gjlgo’Qm k|wfgdGqL k’iksdn bfxfn …k|r08Úsf] kmfOn tl:a/ . tl:a/ M k|bLk/fh jGt, /f;;

काठमाडौं ।  

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि (बिहीबा) मात्र सरकारी निवास बालुवाटार सर्ने भएका छन् । प्रधानमन्त्री बिहीबार बालुवाटार सर्ने तयारी भइरहेको प्रचण्डका प्रेस सल्लाहकार सूर्य किरणले जानकारी दिए ।

प्रचण्डले साइत हेरेर मात्र बालुवाटार सर्ने कुरामा कुनै सत्यता नरहेको समेत उनले बताए । सोमबार प्रधानमन्त्रीको शपथ ग्रहण गरेका प्रचण्ड हाल निजी निवास खुमलटारमै बसिरहेका छन् । उनले यसअघि बालुवाटारमा आफ्नो लागि भन्दै कुनै भड्किला सामान नकिन्न समेत निर्देशन दिएका थिए ।

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आजै बालुवाटार छाडेका छन् । उनी बालुवाटारबाट निजी निवास बुढानिलकण्ठ नगई धुम्बाराहीस्थित भाडाको घरमा सरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्