‘ज्ञानको चिहान’ नाटक मञ्चन हुँदै



काठमाडौं । ज्ञानको चिहान नाटकको मञ्चन हुने भएको छ । भोलि (बुधबार)देखि उक्त नाटक मञ्चन हुने भएको हो ।

नाटक पुष १३ गतेदेखि ३० गतेसम्म मञ्चन हुनेछ । मंगलबार बाहेक हरेक दिन मञ्चन हुने यो नाटक शनिबार दिउँसो १ बजे पनि हुने शैक्षिक विभाग अनेरास्ववियु (क्रान्तिकारी)ले जनाएको छ ।

ज्ञानको चिहान नाटकको परिकल्पना पञ्चा सिंहले गरेकी छन् भने पूर्णबहादुर गन्धर्व, नरेश रेग्मी र आशिष घिमिरेले लेखेका हुन् । नाटकको निर्देशन संगीत सापकोटाले गर्नेछन् ।

नाटक मञ्चन साँझ ५ बजेदेखि हुनेछ । शनिबार भने दिउँसो ३ बजेबाट शुरु हुनेछ । मञ्चन शिल्पी नाटकघरमा हुने बताइएको छ । यस नाटक मञ्चनका लागि शैक्षिक विभाग, अनेरास्ववियू (क्रन्तिकारी)ले सहकार्य गरेको छ । नाटक हेर्नका लागि अनलाइन बुकिङ पनि खुल्ला गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्