समीक्षकले रुचाएको फिल्म मासले रुचाउँदैन : स्वस्तिमा खड्का



पोखरामा जारी दशौं नेपाल लिटरेचर फेस्टिभल अन्तर्गतको फिल्म समीक्षाको समीक्षा सेसनमा फिल्म समीक्षाबारे बहस भएको छ।सुरज सुवेदी सहजकर्ता रहेको बहसमा अभिनेत्री स्वस्तिमा खड्का, फिल्म समीक्षक अनुप सुवेदी र फिल्म निर्देशक दीपेन्द्र लामा थिए। नेपालमा फिल्म समीक्षा किन सुटेन र विश्वसनीय भएन भन्नेबारे भएको छलफलमा मिडिया हाउसले समीक्षामाथि लगानी नगर्नुले समीक्षामा सुधार नआएको वक्ताले दाबी गरे।

अभिनेत्री स्वस्तिमाले फिल्ममेकरले समीक्षा नस्विकार्ने, तर आफूले रोज्ने फिल्म, निर्देशकको छनोट र टिममा गर्ने कामलाई समीक्षाले योगदान गरेको बताइन्। तर समीक्षकले रुचाएको फिल्म आममासले रुचाउँदैन, फिल्म लिटझेसी भएका दर्शकले रुचाएका कतिपय फिल्म आममासले रुचाउँदैनु उनको भनाइ थियो।

अनुप सुवेदीले फिल्म समीक्षक आम दर्शकभन्दा बढी बुझेको हुनुपर्ने र दर्शकलाई कन्भिन्स्ड गर्नसक्ने तर्क समीक्षकमा हुनुपर्ने बताए। तर समीक्षकको विश्वसनीयतामाथि दर्शकमा प्रश्न उठिरहने गर्छ। कारण के त? उनको प्रश्नमा फिल्म पत्रकारिता र फिल्म समीक्षकबाट निर्देशक बनेका दिपेन्द्र लामाको जवाफ छ एउटा समीक्षकले पत्रकारिता गनुपर्छ, अन्तर्वार्ता गर्नुपर्छ। अनि समीक्षा पनि गर्नुपर्छ। यदि, पाठकले त्यो समीक्षकलाई विश्वास गर्छ भने घात पनि गर्नुभएन नि ।

स्वस्तिमाले भने समीक्षामा विश्वसनीयता कम भएको अनुभव सुनाइन्। एउटा पत्रकारले शनिबार गसिप र आइतबार समीक्षा गरिरहेको हुन्छ भने समीक्षा कस्तो लेखिरहेको हुन्छ त? मैले यसको अनुभूत गरेको छु स्वस्तिमाले सुनाइन्।अनुप समीक्षक पाठकप्रति उत्तरदायी हुनुपर्ने तर नेपालका समीक्षकले समीक्षामा फिल्म निर्देशकलाई सिकाइरहेको पाएको बताए।

समीक्षकले त पाठकलाई सचेत गराउने हो नि। तर, मेकरलाई सिकाइरहेको पाइन्छु उनी भन्छन्। अहिलेको फिल्म समीक्षा कथासारजस्ता मात्र भएको टिप्पणी गर्दै उनी भन्छन् कथासार लेख्यो, यसले राम्रो गर्‍यो, यसले गरेन भन्ने मात्र छ। किन राम्रो गर्‍यो किन गरेन भन्ने तर्क आउन्नन्। त्यसको डिटेलिङ छैन।

हाम्रो समीक्षकले फिल्म भनेको कथा मात्र हैन, अरु कुरा पनि हो भनेर नबुझेको हो कि? दीपेन्द्र नेपालमा फिल्म समीक्षा एकदमै न्यून भएको बताए। संख्यात्मक रुपमा समीक्षा दयनीय अवस्थामा छ।

सम्पादकले प्राथमिकतामा नराखेर हो कि? कमजोरी एकातिर छ, नचाहिने कुरामा समीक्षा घुमिरहेको छ। नेपालमा पेड रिभ्युको चलन छ। विज्ञापन राम्रो छ भने राम्रो लेखिदिन्छ। यदि, विज्ञापन दिएन भने उसले समीक्षा त लेख्छ लेख्छ। फिल्म नै पूरा नहेरी लेख्छु लामा भन्छन्।

प्रतिक्रिया दिनुहोस्