हरि जिज्ञासुको पुस्तक ‘ह्रृदयको आवाज’ विमोचन हुँदै



काठमाडौं । पत्रकार तथा लेखक हरि जिज्ञासुद्वारा लिखित पुस्तक ‘ह्रृदयको आवाज’ विमोचन गरिने भएको छ । आज (आइतबार) जिज्ञासुको उक्त पुस्तक विमोचन गरिने भएको हो ।

क्रिश्चियनहरूको महानपर्व ‘क्रिसमस–डे’को अवसरमा हरि जिज्ञासुको पुस्तक ‘ह्रृदयको आवाज’ विमोचन गरिने भएको छ । राष्ट्रिय क्रिश्चियन महासंघद्वारा आयोजित एक समारोहबीच पुस्तक विमोचन गरिने लेखक जिज्ञासुले जानकारी दिए ।

ह्रृदयको आवाजमा रुकुम, रोल्पा र दाङलगायतका जिल्लाहरूमा क्रिश्चियन सम्प्रदायका झन्डै २२ जना पास्टरले तत्कालीन १० वर्षे सशस्त्र संघर्षको बेला राज्य र विद्रोही पक्षबाट भोग्नु परेको पीडा र संघर्षको कथा समेटिएको छ ।

त्यो बेलाको संक्रमणकालीन अवस्थामा राज्य र विद्रोही पक्षबाट क्रिश्चियन सम्प्रदायले खेप्नु परेको दबाब, भोग्नु परेको पीडालाई लेखकले पुस्तकमा चरितार्थ गरेका छन् । लेखक जिज्ञासुले लामो समयदेखि खोज तथा अध्ययन गरि यो पुस्तक लेखेका हुन् ।

‘ह्रृदयको आवाज’ विमोचन दिउँसो ३ बजे राष्ट्रिय प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा हुने भएको छ । विमोचन कार्यक्रममा लेखक, बुद्धिजीवी, पत्रकार, राजनीतिज्ञ, सञ्चारकर्मीलगायत सबैलाई आमन्त्रण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्