‘मृगेन्द्र सम्झना चिकित्सा गुठी वक्ता (ओरेसन) सम्मान– २०७९’ द्वारा डा.ओममूर्ति सम्मानित



काठमाडौँ । नेपाल हृदयरोग निवारण प्रतिष्ठानले यसवर्षको ‘मृगेन्द्र सम्झना चिकित्सा गुठी वक्ता (ओरेसन) सम्मान– २०७९’ द्वारा मुटुरोग विशेषज्ञ डा.ओममूर्ति अनिललाई एक कार्यक्रमका बीच सम्मान गरिएको छ ।

काभ्रेको बनेपामा आयोजित प्रतिष्ठानको ३१ औँ बार्षिक साधारणसभा (केन्द्रीयसभा)मा कार्यक्रमका प्रमुख अथिति बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्य, विशिष्ठ अतिथि मृगेन्द्र सम्झना चिकित्सा गुठीका अध्यक्ष डा मृगेन्द्रराज पाण्डे, प्रतिष्ठानका अध्यक्ष बलराम न्यौपानेलेले संयुक्त रुपमा डा.अनिललाई सम्मान गर्नुभएको थियो ।

डा.ओममुर्तिलाई मुटुरोगको पहिचान र उपचारका क्षेत्रमा विशिष्ट योगदान गर्नुका साथै मुटुरोगका बिषयमा अनवरत रुपमा अनुसन्धानात्मक कार्यमा क्रियाशिल रहेकोमा गुठीले कदरस्वरुप सम्मान गरेको जनाएको छ ।

कार्यक्रममा डा अनिलले मुटुरोग लाग्नबाट कसरी बच्ने र मुटुरोग लागे नलागेको कसरी पहिचान गर्ने भन्ने बारेमा जनचेतनामुलक सन्देश प्रस्तुति गर्नुभएको थियो । डा.अनिलले आफुले यसरी समाजमा पाएको सम्मानले थप जिम्बेवारी बोध गराएको बताउँनुभयो ।

शनिवारदेखि शुरु भई आईतबार दुई दिनसम्म चल्ने प्रतिष्ठानको साधारणसभामा ३० जिल्ला शाखाका प्रतिनिधिहरुको उपस्ति रहेको नेपाल हृदयरोग निवारण प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्