प्रज्ञा प्रतिष्ठानको डबलीमा ‘मोहनी मादलको’ विमोचन आगामी सोमबार



काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा पुस्तक मोहनी मादलको विमोचन हुने भएको छ । शेखर खरेलद्वारा लिखित वरिष्ठ संगीतकार रञ्जित गजमेरको आत्मकथा मोहनी मादलको आगामी सोमबार विमोचन हुने भएको हो ।

मोहनी मादलको विमोचन गजमेर स्वयंको उपस्थितिमा हुने वीरिड परिवारले जनाएको छ । यस कार्यक्रममा उपस्थितिका लागि सबैलाई आमन्त्रण गरिएको छ ।

उक्त कार्यक्रम आगामी सोमबार अर्थात् यहीँ पुस महिनाको ४ गते दिउँसो २ बजे नेपाल प्रज्ञा प्रतिष्ठानको डबली, कमलादी, काठमाडौँमा हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्