उत्कृष्ट साहित्य पुरस्कारबाट उपन्यास ‘टुडाल’ पुरस्कृत



काठमाडौं । साहित्यकार प्रकाश कुमार श्रेष्ठद्वारा लिखित उपन्यास ‘टुडाल’लाई २०७८ सालको उत्कृष्ट साहित्य पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ ।

आभास साहित्य कोषको बैठकले गत सालमा प्रकाशित विविध साहित्यिक पुस्तकमध्येबाट छनोट गरि उपन्यास टुडाललाई उत्कृष्ट साहित्य पुरस्कार २०७८ प्रदान गर्ने निर्णय गरेको छ ।

मालिका केशरीबाट परिचित प्रकाश कुमार श्रेष्ठद्वारा लिखित उपन्यास टुडाललाई २०७८ को उत्कृष्ट साहित्य पुरस्कार प्रदान गर्ने निर्णय गरेको कोषका संयोजक उत्तम बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्