यी हुन् एमालेका कर्णाली प्रदेश सभा सभानुपातिक सांसद



सुर्खेत।

नेकपा एमालेको आज बसेको वैठकले कर्णाली प्रदेशबाट समानेपातिकतर्फ पाँच जना प्रदेशसभा सदस्यको टुंगो लगाएको छ ।

नेकपा एमालेको आजको वैठकले निर्वाचन आयोगलाई बुझाएको सूची अनुसार हुम्लाका कलबहादुर हमाल यस्तै, जनजातीबाट सुर्खेतकी नन्दा गुरुङ्ग, दलित महिलाबाट दैलेखकी गमता विक, खस आर्यतर्फबाट कालिकोटकी दक्षिणा शाही र रुकुम पश्चिमकी तुलसा मल्ल छानिएका छन् ।

एमालेले प्रत्यक्षतर्फका २४ सिट मध्ये कर्णालीमा पाँच सिट जितेको छ । एमाले कर्णालीमा दश सिट सहित तेस्रो दल बनेको हो । १४ सिट सहित कांग्रेस पहिलो, १३ सिटसहित माओवादी दोस्रो बनेका छन् । राप्रपा र नेकपा एसको भागमा एक एक सिट परेको छ ।

प्रतिक्रिया दिनुहोस्