अब राष्ट्र बैंकभित्र अलग्गै सम्पत्ति शुद्धीकरण निवारण सुपरीवेक्षण महाशाखा



काठमाडौं  ।

नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण निवारण सुपरीवेक्षण महाशाखा स्थापना गर्ने निर्णय गरेको छ ।

महाशाखाले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निरीक्षण तथा सुपरीवेक्षण गर्ने निर्णय भएको राष्ट्र बैंकले एक सूचनामार्फत जनाएको छ ।

राष्ट्र बैंकका अनुसार १ माघदेखि कार्य सञ्चालनमा आउने गरी बैंकभित्र अलग्गै सम्पत्ति शुद्धीकरण निवारण सुपरीवेक्षण महाशाखा स्थापना गरिन लागेकाे हाे ।

 

प्रतिक्रिया दिनुहोस्