देशमा राजनीतिक र आर्थिक संकट एकैपटक आउन सक्छ : सुरेन्द्र पाण्डे



काठमाडौं  । 

नेपाल कम्युनिस्ट पार्टी एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले चुनावपछि देशमा राजनीतिक र आर्थिक संकट एकैपटक आउन सक्ने खतरा देखिएका बताउनुभएको छ ।

भरतपुरमा बिहीबार पत्रकारहरूसँग कुरा गर्दै उहाँले निर्वाचनपछि सरकार गठन र दिगोपना तथा आर्थिक संकट एकसाथ देखिन सक्ने खतरा रहेको बताउनुभएको हो ।प्रतिनिधि सभा निर्वाचनमा मा चितवन १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालसँग पराजित पाण्डेले कांग्रेस र एमालेबाहेक अन्य दलले सरकार बनाउँदा ५–६ वटा दल जम्मा गर्नुपर्ने जनमत आएकोले यसले राजनीतिक अस्थिरताको खतरा देखिएको समेत बताउनुभयो ।
सरकारले केही वस्तुको आयातमा लगाएको प्रतिबन्ध हटाएको प्रसंग निकाल्दै उहाँले आयात रोक्दा राजश्व नउठ्ने र देश

चलाउन नसकिने तथा आयात खुला गर्दा वैदेशिक मुद्रा सञ्चितिमा ठूलो दबाब पर्ने अवस्था आएकोले देश आर्थिक संकटतर्फ जान सक्ने संकेत गर्नुभयो । ५–६ वटा पार्टी मिलेर सरकार बनाउँदा सरकार टिकाउनमा नै प्रधानमन्त्रीको ध्यान बढी केन्द्रित हुने हुँदा देशका अन्य समस्या समाधान गर्न नसक्ने अवस्था आउने उहाँको भनाइ छ ।

एमाले सरकार गठनको दौडमा नरहेको भन्दै उपाध्यक्ष पाण्डेले देश अप्ठेरो दिशामा जाने अवस्था आएमा भने एमाले र नेपाली कांग्रेस मिल्नुपर्ने धारणा राख्दै भन्नुभयो– ‘अहिले गठबन्धनले नै मिलाएर, केही पार्टी थपेर सरकार बनाउनुहोला तर देशलाई अप्ठेरै पर्ने कुनै अवस्था आयो भने एमालेले सरकारमा सहभागी नभएर पनि समर्थन गर्नुपर्ने अवस्था आउन सक्छ ।’

प्रतिक्रिया दिनुहोस्