जुवाखालबाट ९ जना जुवाडे पक्राउ



काठमाडौं । काठमाडौंमा जुवाखालबाट नौ जना जुवाडलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१६ पकनाजोलस्थित सुरज तामाङले सञ्चालन गरेको काठमाडौं भिल्ला एण्ड बारको पहिलो तलाको अपार्टमेन्टभित्र जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रे पाँचखाल नगरपालिका–८ घर भएकी २९ वर्षीया सोनु तामाङसहित नौ जना रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६९ हजार ६ सय रुपियाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्