मतान्तर बराबर फूलको माला !



हेटौंडा । मकवानपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ मा नेकपा (एमाले)बाट निर्वाचित सांसद् महेशकुमार बर्तौलालाई इन्द्रसरोवर गाउ“पालिकाका मतदाताले मतान्तर बराबरको फूलको माला लगाएर स्वागत गरेका छन् ।

लोकतान्त्रिक बाम गठबन्धनका बलिया उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय नेता विरोध खतिवडालाई ४ हजार ५ सय २१ मतान्तरले पराजित गर्दै बर्तौैला प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो । स्थानीय मतदाताले उहाँलाई सोही बराबर फूलको माला पहि¥याएका थिए । मकवानपुर क्षेत्र नम्बर–२ मा ८६ हजार ६ सय ५२ मत खसेको थियो । जसमध्ये बर्तौलाले ३४ हजार ९ सय १६ मत प्राप्त गर्नुभएको थियो ।

बर्तौलाले मतदातालाई धन्यवाद दिने क्रममा स्थानीयले स्वागत गरेका हुन् । मतदातालाई धन्यवादका लागि पुग्नुभएका उहाँले जनताले दिएको मतको उच्च कदर गर्दै विकास निर्माण र नीतिनिर्माणमा ध्यान दिने प्रतिवद्धता जनाउनुभयो ।

पहिलो पटक नै सफलता हात परेपछि अब युवापुस्तालाई देश चलाउन जिम्मा दिएर आराम गर्न खतिवडालाई आग्रह गर्दै आफ्नो जितमा खुशी हुन बर्तौलाले सुझाव दिनुभएको छ । एमाले बागमती प्रदेश कमिटी उपमहासचिवसमेत रहनुभएका बर्तौलाले स्थानीयलाई ‘एक पालिका–एक आवासीय विद्यालय’ कार्यक्रममार्फत् बालबालिकालाई घण्टौं हि“डेर विद्यालय जानुपर्ने र फर्किनुपर्ने अवस्था अन्त्य, सबै बालबालिकाको विद्यालयमा सहज पहु“च स्थापित गरिने, विद्यालय शिक्षामा शिक्षकको विषयगत् दरबन्दी सुनिश्चितता गर्न केन्द्रीय नीति, आवश्यक शैक्षिक तथा भौतिक पूर्वाधार विकास गरी मकवानपुरलाई उच्च शिक्षाको हब बनाउन पहल गरिने उल्लेख गर्नुभयो ।

विभिन्न जातिका भाषा, कला, स“स्कृति संरक्षण, प्रवद्र्धन र विकास, उद्यमशीलता विकासमार्फत् युवाको श्रमलाई उत्पादनस“ग जोड्दै स्वरोजगार बनाइने, लगानीमैत्री वातावरण सिर्जना एवम् औद्योगिक पूर्वाधार विकास गरी हजारौंको रोजगारी सिर्जना गरिने, किसानले भोग्नुपरेका मल, विउ, सिचार्इं र बजारको समस्यालाई दीर्घकालीन समाधानको पहल गरिने, प्रत्येक घरमा पिउने पानीको पहु“च स्थापित गरिने र एक गाग्री पानीका लागि घण्टौं धाएर जानुपर्ने अवस्था अन्त्य गरिने उहाँले स्थानीयलाई विश्वास दिलाउनुभयो ।

कार्यक्रममा नेकपा एमाले पालिका अध्यक्ष धनवीर स्यांतान, सचिव राजु बस्नेतलगायत पदाधिकारी तथा जिल्ला कमिटी सदस्यको सहभागिता थियो । कार्यक्रमको एमाले इन्द्रसरोवर गाउ“पालिकाले व्यवस्थापन गरेको हो । बर्तौलाले प्रतिनिधिसभा क्षेत्र नम्बर–२ अन्तर्गत् पालिकाहरुमा पुगेर मतदातालाई धन्यवाद दिने क्रम जारी राख्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्