अमेरिका एक नेपाली युवकको मृत्यु



अमेरिका ।

अमेरिकाको मेरिल्याण्ड राज्यस्थित रकभीलमा एक नेपाली युवाको आफ्नै घरमा सुतेको अवस्थामा निधन भएको छ ।

नेपालको उदयपूर जिल्लाको गाईघाट साउने घर भएका ३७ बर्षका भूपाल कुमार मगरको मंगलबार विहान निधन भएको पारिवारीक श्रोतले जानकारी दिएको छ । सोमबार बेलुका भूपाल भर्जिनियाका आफन्तको घरमा भएको पूजामा गएका थिए । भूपालका फुपाजु उद्धव खपागींले भने ।

भूपालले त्यहाँ आफ्नो दुई महिनाको छोराको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै काखमा लिएर पूजास्थललाई तीन फन्को घुमेको पनि फुपाजु खपागींले सम्झिए ।

भूपाल घरमा आएर पनि खाना खाएर सुतेका थिए । राती साढे २ बजेतीर छोरा रोयो । सधैं उहाँ उठेर फुल्याउनु हुन्थ्यो तर उठ्नु भएन । म उठ्दा उहाँलाई श्वासप्रश्वासमा समस्या भएको देखें । छटपटाईरहनु भएको थियो । के भयो भन्दै झकझक्याए । उहाँलाई धेरैपटक बोलाउने कोशिस गरे । उहाँले नबोलेपछि ईमरजन्सीमा कल गरें । श्रीमती पारु थापाले भनिन, रेस्क्यु टिमले बेड मै आएर केही प्रयास गर्यो तर केही पार लागेन, ३ बजेतीर डेथ डिक्लियरु गरिदियो ।

भूपालसंगको यहि तस्वीर परिवारका लागि अन्तिम भयो

भूपालको शबलाई अहिले बाल्टिमोर मेडिकल सेन्टरमा पोष्टमार्टमका लागि राखिएको उद्धवले जानकारी दिए । हिजो धेरै डेड बडीु को पोष्टमार्टम गर्नु पर्ने भएकोले पालो आएन । आज पोष्टमार्टम हुन्छ । अनि अन्तिम संस्कारका बारेमा निर्णय गर्छौं । उद्धवले भने ।

भूपाल सन् २०१४ मा डिभी लटरी परेर अमेरिका आएका थिए । सन् २०१८ मा नेपाल गएर उदयपुर बांसबोटेकी पार्बती थापा पारूु संग विवाह गरेर फर्किएका थिए ।भूपालकी श्रीमती अमेरिका आएको एक बर्ष मात्र भएको छ । उनीहरुबाट जन्मिएको छोरा अहिले दुई महिनाका छन् ।

घट्नाका बारेमा बुझ्न नेप्लिज डायस्पोराका समाचार संकलकले उद्धवसँग कुरा गर्दा श्रीमान गुमाएकी पार्बती पनिसँगै थिइन् । उनले फोनमा समाचार संकलकलाई भनिन् तपाईको समाचारमा हामी तीनजनाको अन्तिम तस्वीर पनि सँगै राखिदिनु होला । मैले ठूलो भएपछि छोरालाई उस्को बाबुको बारेमा त्यो समाचार देखाउने छु । भूपालको निधनको खबर नेपाल आफन्तलाई पनि पठाईसकिएको जानकारी प्राप्त भएको छ ।  भूपालको श्रीमती र छोरालाई यहाँका उनका साथीभाईहरुले सहयोग गरिरहेका छन् ।

भूपाल केही समयदेखि डब्लुएफजी नामक कम्पनीसंग पनि आबद्ध थिए । पारिवारको आर्थिक सुरक्षाको बारेमा ख्याल गर्नुपर्छ भनेर चेतना जगाउने सहयोग गर्ने गर्थे ।उनले यो संसार छाडेर जादै गर्दा परिवार र समाजलाई आर्थिक भार भने थोपरेका छैनन । उनले फेमिली प्रोटेक्सन वापत १.२ मिलियनको ईन्सुरेन्स खरीद गरेर बसेका थिए । डब्लुएफजीका सिनियर मार्केटिगं डाईरेक्टर समेत रहेका उद्धव खपांगीले नेप्लिज डायस्पोरासंग भने ।

उनले थपे, भूपाल अति नै रमाईलो र असल मान्छे थिए । उनले धेरै छिटो यो संसार छाडेर गएकोमा हामी दुस्खी छौं । उनको अभाव परिवारमा सधै खड्किईरहनेछ तर, उनले परिवारको जिम्मेवारी चटक्क छाडेर गएनन् । जादाजादै एउटा लिगेसी भने छोडेर गएका छन् ।

प्रतिक्रिया दिनुहोस्