संसद्मा गैरकम्युनिस्ट धारको बहुमत



k|ltlglw;ef a}7s sf7df8f}, !% ;fpg M k|ltlglw;efsf] z’qmaf/ a;]sf] a}7sdf ;xefuL ;b:o . tl:a/ M /Tg >]i7÷/f;;

काठमाडौं । 

आगामी पाँच वर्षका लागि संसद्मा गैरकम्युनिस्ट धारका दल तथा सांसदहरूको बहुमत हुने भएको छ । यसपटकको निर्वाचन परिणामले नेपाली कांग्रेस, राप्रपासहित कम्युनिस्टको मूलधारमा नरहेका दल तथा स्वतन्त्र सांसदहरूको बहुमत पु¥याएको हो ।

२०७४ सालको चुनावपछि संसद्मा वामपन्थीहरूको उपस्थिति लगभग दुई तिहाई थियो । तर, अहिले भने गैर कम्युनिस्टको बहुमत पुग्ने देखिएको छ । कांग्रेसले प्रत्यक्षतर्फ ५७ सिट जितेको छ भने समानुपातिकमा दोस्रो स्थानमा रहँदा ३२ सिट पाउनेछ । २०७४ सालको चुनावमा समग्रमा ६३ सिटमा सीमित भएको कांग्रेसले अहिले शक्ति बढाएर ८९ सिट पु¥याएको छ ।

अहिले संसद्मा नयाँ गैरकम्युनिस्ट पार्टीका रूपमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएको छ । यो पार्टीले प्रत्यक्षतर्फ ७ सिट जितेको छ भने समानुपातिकमा १३ सिट पाउने भएसँगै यो पार्टी २० सिटसहित प्रतिनिधिसभामा चौथो दलको हैसियतमा पुगेको छ ।यस्तै, अर्को गैरकम्युनिस्ट पार्टी राप्रपाले पनि यो पटक शक्ति बढाएको छ । २०७४ मा एक सिटमा सीमित भएको राप्रपा अहिले प्रत्यक्षमा ७ र समानुपातिकमा ७ गरी १४ सिटसहित पाँचौं शक्ति बनेको छ ।

उता तराईको नेतृत्व गरेको जनता समाजवादी पार्टीले ७ सिट प्रत्यक्ष जितेको छ भने समानुपातिकमा ५ सिट सहित संसद्मा १२ सिट लिएर जाँदैछ । पहिलोपटक संसदीय चुनाव जितेको जनमत पार्टीले प्रत्यक्षमा एक सिट जितेको छ भने समानुपातिकबाट ५ सिट गरी संसद्मा ६ सांसदको उपस्थिति बनाएको छ ।यस्तै, महन्थ ठाकुर नेतृत्वको लोसपाले ४ सिट जितेको छ । रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीले पनि प्रत्यक्षमा तीन सिट जितेको छ । बर्दिया २ बाट स्वतन्त्र उठेर चुनाव जितेका रेशम चौधरीका बुबा लालवीर चौधरीले उन्मुक्ति पार्टीमै जाने संकेत गर्नुभएको छ ।

यस्तै, कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उठेर सर्लाही ४ बाट चुनाव जितेका डा. अमरेश सिंह पनि गैरकम्युनिस्ट नेता हुनुहुन्छ । यसरी हेर्दा यो संसद्मा गैरकम्युनिस्ट दल तथा गैरकम्युनिस्ट सांसदको संख्या १ सय ५० पुग्छ । जसले गर्दा कांग्रेसले चाहेको खण्डमा माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीको सहभागिता बिना नै सरकार बनाउन सक्ने सम्भावना पनि उत्तिकै छ । तर, यी दल तथा सांसदहरूलाई आफ्नो पक्षमा ल्याउनका लागि नेतृत्व तहबाटै पुस्तान्तरणको अभ्यास शुरू गर्नुपर्ने परिस्थिति समेतलाई ध्यानमा राखेर प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनलाई नै निरन्तरता दिने निर्णय गरिसक्नुभएको छ ।

२०७४ सालको चुनावपछि संसद्मा पाँच राष्ट्रिय दल र अन्य दल गरी ९ दलको उपस्थिति थियो । अहिले सात राष्ट्रिय दल र अन्य गरी ११ दलको उपस्थिति हुने भएको छ । प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिकमा १ सय १० गरी जम्मा २ सय ७५ सिट संख्या रहेको प्रतिनिधिसभा संसद्मा बहुमत पु¥याउनका लागि १ सय ३८ सांसदको आवश्यकता पर्छ । अहिले संसद्मा उपस्थिति संख्या हेर्दा गैरकम्युनिस्ट धारका सांसदको सहज बहुमत देखिन्छ ।

यस्तो छ संसद्को अंक गणित

गत निर्वाचनमा प्रत्यक्ष प्राणलीतर्फ एमालेभन्दा १३ सिटबढी लिएर संसद्को पहिलो दल बनेको नेपाली कांग्रेसले समानुपातिक निर्वाचन प्रणालीमा एमालेभन्दा २ सिट सानो भए पनि समग्रमा ११ सिट ल्याएर कांग्रेस संसद्को ठूलो दल बनेको छ । कुल १ करोड ५ लाख ६० हजार ६७ सदर मतबाट कांग्रेसले २७ लाख १५ हजार २ सय २५ मत पाएको छ ।

यसअनुसार उसले ३२ सिट पाउने निश्चित भएपछि प्रत्यक्षतर्फको ५७ सिट जोड्दा कांग्रेस ८९ सांसदका साथ प्रतिनिधिसभाको पहिलो दल बनेको छ ।त्यस्तै, नेकपा एमालेले समानुपातिकमा २८ लाख ४५ हजार ६ सय ४१ मत पाएको छ । जसअनुसार एमालेले ३४ सिट पाउने भएपछि प्रत्यक्षतर्फको ४४ सिट जोड्दा एमाले ७८ सांसदसहित प्रतिनिधिसभाको दोस्रो दल बनेको छ भने माओवादी केन्द्र समानुपातिकमा पनि तेस्रो दल बनेको छ । ११ लाख ७५ हजार ६ सय ८४ मत पाएको माओवादी केन्द्रले समानुपातिकमा पाउने १४ सिट र प्रत्यक्षतर्फ जितेका १८ सिट गरी जम्मा ३२ सिट पाउनेछ ।

यही निर्वाचनमा उदाएको रास्वपाले प्रत्यक्षतर्फ ७ सिट जित्दा समानुपाातिकतर्फ ११ लाख ३० हजार ३ सय ४४ मत पाएको छ । यसअनुसार उसले १३ सिट पाउने छ । उक्त दल कुल सांसद २० सहित संसद्को चौथो दल बनेको छ । अघिल्लोपटक थ्रेस होल्ड कटाउन नसकेको राप्रपाले योपटक ५ लाख ८८ हजार ३ सय १३ मत पाएको छ । प्रत्यक्षतर्फ ७ सिट जितेको उसले समानुपातिकमा पनि ७ सिट नै पाउनेछ र १४ सांसदसहित संसद्को पाँचौं दल हुनेछ ।

त्यस्तै, तराई मधेश केन्द्रित दलमध्ये जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (जसपा) को भोट सीके राउत नेतृत्वको जनमत पार्टीले काटेको छ । उपेन्द्र यादव नेतृत्वको जसपाले ४ लाख २१ हजार ३ सय १३ मत पाएर थ्रेसहोल्ड कटाएको छ र ५ सिट पाउनेछ । जबकी अघिल्लो चुनावमै उसले ४ लाख ७० हजार २ सय १ अर्थात ४.९२६३ प्रतिशत मत पाएको थियो । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले भने थ्रेस होल्ड नै कटाउन सकेन ।

जबकी महन्थ ठाकुर नेतृत्वको तत्कालीन राष्ट्रिय जनता पार्टीले अघिल्लोपटक ४ लाख ७२ हजार २५४ अर्थात ४.९४७८ प्रतिशत भोट पाएको थियो । पहिलोपटक संसदीय चुनाव लडेर सप्तरी २ मा उपेन्द्र यादवलाई हराएका सीके राउत नेतृत्वको पार्टी जनमत पार्टीले भने जसपाकै सरह ५ सिट पाउने भएको छ । उसले समानुपातिकतर्फ ३ लाख ९४ हजार ६५५ मत पाएको छ ।
७ दलले समानुपातिकको थ्रेस होल्ड (कुल सदर मतको ३ प्रतिशत) कटाएका छन्, प्रत्यक्षतर्फ चुनाव जितेका ती पार्टीहरूले राष्ट्रिय दलको मान्यता नपाउने भएका छन् ।

प्रत्यक्षतर्फ १० सिट जितेको एकीकृत समाजवादी, ४ सिट जितेको लोसपा, ३ सिट जितेको नागरिक उन्मुक्ति पार्टी र एक–एक सिट जितेको नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले भने थ्रेसहोल्ड कटाउन सकेनन् । उनीहरू संसद्मा स्वतन्त्र हैसियता गणना हुने संवैधानिक व्यवस्था छ ।

प्रमुख तीन दलले समानुपातिकतर्फ अघिल्लो निर्वाचनमा पाएको मत गुमाएका छन् । एमालेले २०७४ मा ३१ लाख ७३ हजार ४९४ अर्थात ३३.२४८५ प्रतिशत मत पाएको थियो भने कांग्रेसले ३१ लाख २८ हजार ३८९ अर्थात सदर मतको ३२.७७५९ प्रतिशत मत पाएको थियो । यो पटक दुवै दलले करिब ६ प्रतिशत बिन्दुले मत गुमाएका छन् । माओवादीले अघिल्लोपटक १३ लाख ३ हजार ७२१ मत अर्थात् १३.६५९० प्रतिशत मत पाएको थियो । उसले पनि करिब २ प्रतिशत बिन्दुले समानुपातिक मत गुमाएको छ । ठूला दलहरूको मत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपातिर गएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्