मोसन पोस्टरमा ची मुसी ची



आगामी पुस २२ गतेबाट अल नेपाल रिलिज हुने फिल्म ची मुसी ची: इभन डेड डिजायर बिल्गिङको मोसन पोस्टर सार्वजनिक गरिएको छ।

यसअघि, पुस १५ गते रिलिज हुने भनिएको फिल्मको रिलिज एक हप्ता पोस्टपोन्ड भएको जानकारी गराउँदै यसको निर्माण समूहले मोसन पोस्टर सार्वजनिक गरेको हो।मोसन पोस्टरको पाश्र्व संगीतले दर्शकमाझ उत्सुकता र डर पैदा गरेको छ।

हालको अवस्थामा दुई राम्रा नेपाली फिल्म एकै मितिमा जुधाउनुभन्दा एक हप्तापछि शोलो रिलिज गर्नु उपयुक्त लागेकाले ची मुसी ची: इभन डेड डिजायर बिल्गिङको रिलिज डेट एक साता पर सारिएको निर्माता अरुण चक्रवर्तीले बताए। ञबलिउड र हलिउड फिल्मसँग भागेर नेपाली फिल्म एक आपसमा जुधाउने परम्परालाई तोड्ने हेतुले ची मुसी ची पुस २२ गते रिलिज गर्न लागेको निर्माता चक्रवर्तीको भनाइ छ।

एमी स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्मित हरर थ्रिलर जनराको फिल्मको मोसन पोस्टरमा यसका मुख्य कलाकार आयुष्मान देशराज जोशी, राजन खतिवडा, प्रिंयका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, रवीन्द्र झा, गौरव विष्टलगायतका कलाकारलाई प्रस्तुत गरिएको छ।

फिल्मले नेपालमा हरर थ्रिलरको ट्रेन्ड स्थापित गर्ने निर्माण समूहको अपेक्षा छ। फिल्मको निर्देशन मर्ण जेम्स र यश सैनीले संयुक्तरूपमा गरेका छन्। फिल्म नेपाली र बलिउड प्राविधिकको समिश्रणमा निर्माण भएकाले पनि केही फरक र नयाँपन दर्शकले महसुस गर्ने अपेक्षा गरिएको छ। फिल्म रिञ्जु केसीका साथ प्रस्तुतकर्ता अरुण चक्रवर्तीले निर्माण गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्