डेसानको आई लभ यू



आगामी शुक्रबार अल नेपाल रिलीजमा आउने फिल्म डेसानको रोमान्टिक गीत आई लभ यू सार्वजनिक गरिएको छ। प्रताप दास र प्रविशा अधिकारीको स्वर, राजु थापाको शब्द रचना, हरि लम्सालको संगीत र अजय स्याध्र्तेनको कोरियोग्राफी रहेको गीत युट्युब च्यानल पर्फमिध्र आर्ट क्रिएसनमार्फत दर्शकमाझ ल्याइएको हो।

कमल एक्चै मगरद्वारा निर्देशित फिल्मको गीतमा नवअभिनेता तथा अभिनेत्री निशान चौहान र पूनम थापालाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ।पारिवारिक प्रेम, विश्वास, घात तथा बदलाको कथा उठान गरिएको फिल्मलाई सामाजिक महामारीको कथाको रूपमा व्याख्या गरिएको छ।

निशान र पूनमका साथमा भोला सापकोटा, नम्रता सापकोटा, कविता आले, आरुषजंग सारू, मलिका बस्नेत, प्रमिशा सारू मगरलगायतले अभिनय गरेको फिल्मको केही समयअघि सार्वजनिक ट्रेलरले दर्शकबाट सकारात्मक प्रतिक्रिया बटुलेको छ।

पर्फमिङ आर्ट क्रिएसनको ब्यानरमा कृशाला मगर कार्यकारी निर्माता रहेको फिल्मको कथा राजु काउचाले लेखेका छन् भने पटकथा र सम्वाद निर्देशक मगरकै रहेको छ। चक्रबहादुर महर्जनले खिचेको फिल्ममा हरि लम्सालको संगीत, राजु थापाको शब्द र अजय स्याङतेनको कोरियोग्राफी छ। मिलन श्रेष्ठले सम्पादन गरेको फिल्मको वितरण एफडी, जीजीए ग्रुप र रिच इन्टरटेन्मेन्टले गर्दैछन्।

प्रतिक्रिया दिनुहोस्