कुभिण्डोको कथासँगै सकियो नाट्य महोत्सव



सामाजिक रूपान्तरणका लागि रंगमञ्च: विविधताको उत्सव भन्ने नाराका साथ राजधानीमा जारी दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) शनिबार सम्पन्न भएको छ।

शनिबार समापन नाटकको रूमा आयोजक मण्डला थिएटरका तर्पmबाट कुभिण्डोको कथा नामक नाटकको प्रिमियर गरिएको थियो। लोककथामा आधारित नाटक अभिनेता तथा रंगकर्मी दयाहाध्र राईले निर्देशन गरेका थिए। प्रनिश मगरद्वारा लिखित कुभिण्डोको कथा आगामी पुस १७ गतेसम्म नियमित मञ्चन हुने मण्डला थिएटरले जनाएको छ।

समापनकै दिन रंगमञ्च अभिनय र फिल्मी अभिनयका फरक आयाम शीर्षकमा प्यानल डिसकसन गरिएको थियो। जसमा दयाहाध्र राई, सुरक्षा पन्त, मीन भामका साथ खगेन्द्र लामिछानेले अन्तक्र्रिया गरेका थिए। सन् २०१९ मा विभिन्न नाट्य संस्थाले संयुक्तरूपमा आयोजना गरेको महोत्सवको दोस्रो

संस्करण मण्डला थिएटरले आयोजना गरेको हो। तेस्रो संस्करण दुई वर्षपछि हुनेछ।मंसिर ९ गते शुरु भएको महोत्सवमा १२ देशको १८ नाटक मञ्चनका साथ विभिन्न कार्यशाला, अन्तक्र्रिया र मास्टरक्लास गरिएको थियो।समापन समारोहमा प्रमुख अतिथि अर्थमन्त्री जनार्दन शर्माले रंगकर्मीको प्रयासबाट नेपालमा रंगमञ्चको सक्रियता र विकास भइरहेकोमा प्रशंसा गर्दै सरकारले यसमा आवश्यक पहल गर्न नसकेको स्विकारे। ञसरकारले नाटक र रंगमञ्चको लागि निश्चित नीति तय गर्न सकेको छैन, गर्नुपर्ने जति बजेको व्यवस्था पनि गर्न सकेको छैन, आगामी दिनमा रंगमञ्चको विकास र सहजीकरणका लागि आवश्यक पहल गर्ने प्रयत्न रहन्छु मन्त्री शर्माले भने।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा ख्यातिप्राप्त अभिनेता एवं रंगकर्मी हरिहर शर्माले रंगमञ्च समाजको लागि अपरिहार्य भएकोले यसको संरक्षण र विकासमा सबै लाग्नुपर्नेमा जोड दिए। रंगमञ्चको विविध आयाम आइसक्यो, हामीले उहिले गर्ने र अहिलेको समकालीन रंगमञ्चको शैली र विधि भिन्न भइसके ।

यसले समाज र मानिसको मनलाई प्रभाव पारिरहेको छ। यसमा लागिपर्ने सबै कलाकर्मी र रंगकर्मी यसका धन्यवादका पात्र हुनुहुन्छु शर्माले भने।त्यसैगरी, महोत्सव निर्देशक सिर्जना सुब्बाले कोभिडको लामो अन्योलपछि पुनः चलायनमान हुन थालेको नेपाली रंगमञ्चलाई नाट्य महोत्सवले नयाँ ऊर्जा दिएको अपेक्षा गरेको बताइन्।

समृद्ध समाज र सुन्दर जीवनका लागि रंगमञ्च, कला, साहित्यको अपरिहार्यतालाई जिम्मेवार निकाय र आमरूपमा पुड्डयाउन नेपाली रंगमञ्च प्रतिबद्ध छ। हाम्रो यो प्रतिबद्धतामा राज्यस्तरबाट पनि उत्तिकै प्रतिबद्धता र पहल आओस् भन्ने हामी चाहन्छौं। किनकि, रंगमञ्च, कला, साहित्य विना समाज विकसित त हुन सक्ला, तर समृद्ध हुन पक्कै सक्दैनु सिर्जनाले भनिन्।
समापन समारोह सञ्चालन गर्ने क्रममा नाटक र रंगमञ्चले चर्चित र धनीभन्दा पनि जीवित र असल मान्छे बनाउँछ भन्ने ब्रोडवे थिएटरका रंगकर्मी टेरेन्स मनको भनाइ उद्धृत गर्दै रंगकर्मी केदार श्रेष्ठले समृद्ध समाजका लागि रंगमञ्चको संरक्षण, विकास र समृद्धिमा लाग्न आह्वान गरे।
तस्वीरः रिजन परियार

प्रतिक्रिया दिनुहोस्