चर्चको समारोहमा बाढीले बगाउँदा ९ जनाको मृत्यु



एजेन्सी । 

दक्षिण अफ्रिकामा एउटा चर्चको समारोहमा भाग लिइरहेका उपासकहरूलाई नदीमा आएको बाढीले बगाउँदा नौ जनाको मृत्यु भएको छ भने अन्य आठ जना बेपत्ता भएका छन् ।

पानीको बहाब बढेपछि ३० भन्दा बढी मण्डलीहरू नदीको चट्टानमा उभिन बाध्य भएका बीबीसीले जनाएको छ । बाढीले बगाउनै लाग्दा चर्चका पादरी भने रुखको लत्रिएको हाँगामा झुन्डिएर ज्यान जोगाएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

उद्दारकर्ताहरुले जोहेनसवर्गको जुक्सकी नदीमा खोजी कार्य पुनः सुरु गरेका छन् । दक्षिण अफ्रिकाको वर्षाको मौसममा यो नदी बाढीका लागि कुख्यात छ । हराइरहेका व्यक्तिको खोजीमा प्रहरी र अग्नी सेवाका कर्मचारी खटिएका छन् । बाढीमा हराएकामध्ये दुई जनाको शव फेला परेको छ ।

प्रतिक्रिया दिनुहोस्