दोलखामा सत्ता गठबन्धनको अग्रता कायमै



काठमाडौँ।

दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारको अग्रता रहेको छ ।

हालसम्म ११ हजार आठ सय २९ मतगणना हुँदा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गङ्गा कार्कीले पाँच हजार ६ सय ४३ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले चार हजार सात सय ८७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।

दोलखाको प्रदेशसभा (१) मा ११ हजार चार सय नौ मतगणना गर्दा सत्ता गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले पाँच हजार ६ सय ९३ मत तथा एमालेका नरबहादुर श्रेष्ठले चार हजार पाँच सय १५ मत ल्याएका छन् ।

प्रदेशसभा (२) मा ११ हजार पाँच सय २३ मतगणना हुँदा एमालेका भरत केसीले पाँच हजार एक सय ७५ र कांग्रेसका बर्मा लामाले पाँच हजार तीन सय ७३ मत प्राप्त गरेका छन् । दोलखामा कूल ८५ हजार तीन सय ८८ मत खसेको थियोे ।

प्रतिक्रिया दिनुहोस्