हृदयेश त्रिपाठीको पार्टीलाई समानुपातिकमा १८ हजार ४८ मत



काठमडाैं  । 

हृदेयश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपालले प्रतिनिधिसभामा समानुपातिकतर्फ १८ हजार ४८ मत पाएको छ । मधेश केन्द्रीत राजनीतिमा सक्रिय त्रिपाठी यस पटकको निर्वाचनमा पराजित भएका छन् ।

नवलपरासी बर्दघाट सुस्ता पश्चिम–१  बाट उम्मेदवार रहेका उनी कांग्रेसका विनोद चौधरीसँग पराजित भएका हुन् । चौधरीले २९ हजार ४९५ मत ल्याउँदा त्रिपाठीले २२ हजार ३०८ मत पाएका थिए ।

यसपटटको त्रिपाठी सात हजार १८७ मतान्तरले पराजित भएका त्रिपाठी गत निर्वाचनमा भने विजयी भएका थिए । २०७४ को निर्वाचनमा नेकपा एमालेको चुनाव चिह्न लिएर उम्मेदवार बनेका त्रिपाठी जितपछि मन्त्रीसमेत भएका थिए ।

प्रतिक्रिया दिनुहोस्