महोत्तरीको बर्दिबासमा चुनावको चर्चा, आकाङक्षीहरुको छलफल तिव्र



काठमााडाैं  । 

प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सकिएसँगै महोत्तरीको बर्दिबासमा निर्वाचन सुरु भएको छ । बर्दिबास नगरपालिकामा १० वर्षदेखि हुन नसकेको उद्योग वाणिज्य संघ र खानेपानी संस्थानको निर्वाचनले माहोल तातेको हो ।

७ पुसमा निर्धारण भएको उद्योग वाणिज्य संघको निर्वाचनका लागि दौडधुप सुरु भएको छ । झण्डै १४ सय व्यवसायी अहिले उद्योग वाणिज्य संघ बर्दिबासमा दर्तामा छन् ।

यतिबेला आगामी नेतृत्वको रस्साकस्सीमा दुई जना मैदानमा देखिएका छन् । पूर्वउपाध्यक्ष कृष्ण गौतम र विष्णु खडकाको बजारमा चर्चा चलेको छ । उपाध्यक्ष कृष्ण गौतमले पत्रकारसँगको भेटघाटमा २० वर्षदेखिको वाणिज्य संघमा बसेर गरेको कामलाई अध्यक्षको नेतृत्व लिएर अगाडि बढन चाहेको बताए ।

विष्णु खडकाले पनि विगतमा सामाजिक संस्थामा बसेर गरेको कुशल र सफल नेतृत्व अब उद्योग वाणिज्य संघमा बसेर अझ फराकिलो बनाउने बताउँदै आएका छन् । पूर्वमहासचिवको भूमिकामा रहेर काम गरिसकेका युवा भवनाथ खतिवडाले पनि संस्थाको नेतृत्व गर्ने चाहना व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल आफ्नो फेसबुक मार्फत आफू पनि अध्यक्षको उम्मेदवार भएको घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्