यस्तो छ काभ्रेपलाञ्चोकका नागरिकहरुले प्राप्त गरेको स्वास्थ्य सेवा



काभ्रे । 

‘नविनतम प्रयासको गुणस्तर, प्रणालीगत ब्यबस्था र दिगोपनाको सम्भावना’ मुल नारा सहित स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले शुरु गरेको अभियानका साथै आर्थिक वर्ष .२०७८÷७९ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको समीक्षाका बारेमा जानकारी गराईएको छ ।

स्वास्थ्य कार्यालय, काभ्रेपलाञ्चोक बागमती प्रदेश स्तरीय समिक्षा कार्यक्रममा प्रथम भएको छ । प्रथम हुनाका कारण र जिल्लाको स्वास्थ्य अवस्थाका बारेमा स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोतम सेढाईले जानकारी गराउनु भएको छ ।

‘जिल्लाका नागरिकहरुका अलावा जिल्लामा बसोबास गर्ने तथा अन्यत्रबाट उपचारका लागि आउने नागरिकहरुका लागि सहज स्वास्थ्य सेवा प्रदान गर्ने गरी जिल्ला स्तरीय कार्यदिशा तयार गरिएको छ’–स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोतम सेढाईले भन्नुभयो–‘जिल्लामा रहेका १ हजार ९ सय ६१ वटा स्वास्थ्य संस्था मार्फत सेवा उपलब्ध गराईएको छ ।’ १३ वटा पालिकामा ३२ वटा एम्बुलेन्स मध्ये २६ वटा संचालनमा छन् । गर्भवती तथा सुत्केरी महिलाहरुका लागि निशुल्क एम्बुलेन्स सेवा शुरु गरिएको काभ्रेपलाञ्चोक जिल्लामा केहि केहि पालिकाहरुले जेष्ठ नागरिक तथा अशत्त अपाङता भएका ब्यक्तिहरुको उपचारका लागि पनि निशुल्क सेवा उपलब्ध गराएका छन् ।

१ सय ३५ वटा वडा मध्ये तेमालका ४ वटा र खानीखोलाका २ वटा वडामा बाहेक सबै वडाहरुमा स्वास्थ्य संस्था छन् । १ सय ७ वटा स्वास्थ्य संस्थाका आफ्नै भवनबाट सेवा सूचारु भएको छ भने २३ वटा भवन बन्दै गरेका छन् ।जिल्लामा १ हजार बालबालिकाहरुलाई १ हजार १ सय पटक डायरिया भएको छ । डायरिया समस्याका रुपमा रहेको डा. सेढाईले बताउनु भयो ।कोरोना महामारी पछि हात धुने बानी परिवर्तन भए पनि निरन्तर नहुँदा डायरिया हुने गरेको उहाँले बताउनु भयो । सुतकेरी आमाको निधन तथा सुत्केरी गराउँदा बच्चाहरुको निधन हुने क्रम शुन्यता तर्फ उन्मुख भएको छ । जिल्लामा ४४ वटा बर्थिङ्ग सेन्टर छन् ।

अस्पताल तथा बर्थिङ्ग सेन्टरमा सुत्केरी गराउने क्रम शतप्रतिशत हुन थालेको डा. सेढाईले बताउनु भयो । जिल्लामा श्वासप्रश्वास, ग्यास्ट्रिक, टाउको दुख्ने, आत्महत्या, चोटपटक, टन्सिल लगायतका १० प्रकारका गम्भिर समस्या देखिएको उहाँले बताउनु भयो । रेविज, डेँगी, सुगर, प्रेसर, मुटुको रोग तथा ह्दयघातको समस्या बढिरहेको डा. सेढाईले बताउनु भयो । काभ्रेको मेथिन्कोट अस्पतालमा निशुल्क मुटुरोगको उपचार शुरु गरिएको बताउँदै डा. सेढाईले मेथिन्कोट अस्पतालमा मुटु रोगको उपचार शुरु गरी अप्रेसनका लागि गंगालाल अस्पतालमा पठाउने गरिएको छ । ४० हजार पर्ने औषधी सेवन गराए पछि ह्दयघात भएका विरामीलाई गंगालाल अस्पतालले तत्काल अवस्था हेरेर निशुल्क अप्रेसन गरिदिने गरेको डा. सेढाईले बताउनु भयो । मेथिन्कोट अस्पताल ५० शैया पु¥याए लगत्तै एमरजेन्सी सेवा, विभिन्न विशेषज्ञ सेवाहरुका साथै अक्जिन आफै उत्पादन गरेर विक्री समेत शुरु गरिएको छ । २७ रोपनी जमिनमा ४० करोड लागतमा प्रदेश स्तरीय अस्पताल निर्माणको कार्य प्रारम्भ भएको छ ।

जिल्लामा एक वर्षको अवधीमा डेँगुबाट ५ सय ५७ जना संक्रमित भएका छन् । केहिको उपचारको क्रममा निधन भएको छ । सर्नेसँगै नसर्ने रोगको प्रकोप फैलिएको डा. सेढाईले बताउनु भयो । सुरक्षित गर्भपतन सेवा सरकारी तथा सामुदायिक अस्पतालमा घट्दै गएको तर नीजि क्लिनिकहरुमा बढ्दै गएको छ । अस्थायी साधन प्रयोग गर्नेहरुको संख्या पनि घटिरहेको छ । धुलिखेल नगरपालिकामा स्वस्थ शहर कार्यक्रम, सुत्केरी आमा पोषिलो खाना, दाँत्, आँखा र मानसिक स्वास्थ्यको निशुल्क स्वास्थ्य शिविर लगायतका सकारात्मक कार्यहरु प्रारम्भ गरिएको उहाँले बताउनु भयो ।

जिल्लास्तरीय कार्यदिशा तयार गरी प्रमाणमा आधारित कार्यक्रम गर्न आधारभुत तथ्याङ्क र यथासम्भव अन्य अनुसन्धानका गतिविधिहरु गर्ने, समतामुलक स्वास्थ्य सेवा समुदायमा प्रदान गर्ने, दरबन्दी अनुसारको स्वास्थ्यकर्मीहरुको व्यवस्था र तालिमको व्यवस्थापन गर्ने, कार्यसम्पादन सम्झौता गरी कार्य गर्ने, स्वास्थ्यकर्मीहरु र महिला सामुदायिक स्वास्थ्य स्वंयसेविकालाई प्रोत्साहान भत्ताको व्यवस्था गर्ने, प्रेषण प्रणालीको सुदृढीकरण गर्ने योजना छ ।

त्यस्तै फोहोरमैला व्यवस्थापनको लागि स्थानीय तहबाट पहल गर्ने, नयाँ नविनतम कार्य गर्दा कार्यविधि निमार्ण गरि गर्ने, गाँउघर क्लिनिक र खोप क्लिनिकहरुको सुदृढीकरण गरि गुणस्तर स्वास्थ्य सेवा प्रवाह गर्ने, व्यवहार परिवर्तनका गतिविधिहरु जस्तै खानपिन,व्यायाम, मानसिक स्वास्थ्यका गतिविधिहरुलाई प्राथामिकताका साथ सञ्चालन गर्ने, विद्यालयमा आधारित स्वास्थ्य कार्यक्रम-स्वास्थ्य शिक्षा र व्यवहार परिवर्तनका गतिविधिहरु गर्ने, आधारभुत स्वास्थ्य केन्द्र मार्फत घरदैलोमा आधारभुत स्वास्थ्य सेवा सञ्चालन गर्ने, खाद्य सुरक्षा किटनाशक औषधीको प्रयोगलाई व्यवस्थापन गर्ने, स्वास्थ्य सेवाको विद्युतियकरण अभिलेख राख्ने, स्तरउन्नती भएको स्वास्थ्य संस्थाको दरबन्दी स्वीकृत गर्नको लागी पहल गर्ने, जिल्लाको उपयुक्त स्थानलाई छनोट गरि पुर्नस्थापन केन्द्र स्थापना गरि सेवा, शिक्षण र सिकाई केन्द्रको रुपमा विकास गर्ने रहेको छ ।

यस्तै नेपाल सरकारले सुरुवात गरेको पुर्ण खोप सुनिश्चितता, पुर्ण पोषणयुक्त वडा घोषणा तथा सुनिश्चितता छ वटै परिवार नियोजन साधनहरुको उपलब्धता, घरमा हुने प्रसुति मुक्त वडा -पालिका र क्षयरोग मुक्त वडा-पालिका घोषणा गर्न प्राथामिकता दिदै कार्य गर्नु पर्ने, कुपोषित तथा कडा श्वासप्रश्वासका बच्चाहरु केशहरुको क्षयरोग परिक्षणको लागी अस्पतालमा प्रेषण गर्ने, नीजि स्वास्थ्य संस्थाहरुसंग सहकार्य, समन्वय,सम्बन्ध बिस्तार गरि सेवाको पहुच र उपभोग बढाई तथ्याङ्कको एकीकृत अभिलेख राख्ने, सन्चालनमा आईरहेका स्थानिय तहको नविनतम कार्यहरुको निरन्तरता दिदै सो कार्यक्रमको गुणस्तर सुदृढ गर्दै सन्चालनमा ल्याउने, नितिगत सुधार गरि स्वास्थ्य प्रणालीको विकासमा लगानी वृद्धी गर्ने, गर्भवती-सुत्केरीलाई हवाई उद्धारबाट गरिने कार्यक्रम सेवा झन्झटीलो भएकोले सो कार्यक्रमको प्रक्रियालाई सहजीकरण गर्नु पर्ने, निजि तथा शिक्षण अस्पतालहरुसँग समन्वय गरी गर्भवती-सुत्केरी -अन्य सेवाको उपभोग-उपयोगको सवलीकरण गरिनुपर्ने, टेलि मेडिसिन÷मातृ तथा नवशिशु हेल्पलाई सेवा विस्तार गर्न पहल गर्ने रहेको छ ।

प्रतिक्रिया दिनुहोस्