बहुउदेश्यीय सहकारी संस्थाबाट नगद चोरी



काठमाडौं । कुमारी बहुउदेश्यीय सहकारी संस्थाबाट नगद चोरी भएको छ । हिजो (बुधबार) राति उक्त सहकारी संस्थाको कार्यालयबाटै १ लाख नगद चोरी भएको हो ।

चन्द्रागिरी नगरपालिका–१२ बलम्बुस्थित कुमारी बहुउदेश्यीय सहकारी संस्थामा झ्यालको ग्रिल फोडी संस्थाको कार्यालयमा रहेको काठको दराजबाट नगद १ लाख रूपैयाँ चोरी भएको प्रहरीले जनाएको छ ।

चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्